संविधानलाई ब्रेललिपिमा अनुवाद गर्न माग गर्दै सर्वोच्च अदालतमा कानुनका विद्यार्थीहरुद्वारा रिट दायर

मङ्गलबार, काठमाडौँ।
संविधानलाई ब्रेललिपिमा अनुवाद गरी दृष्टिविहीन नागरिकलाई निःशुल्क वितरण गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
आज मिति २०८१-०८-०४ गते को दिन नेपालको संबिधान २०७२ लाई दृष्टिविहीन नागरिकहरुलाई ब्रेललिपिमा अनुबाद गरि दृष्टिविहीन नागरिकहरूलाई निःशुल्क वितरण गर्नको लागि कानुनको बिधार्थीहरु विवेक चौधरी , रामकृष्ण यादव, प्रधुमन कुमार सिंहले सर्वोच्च अदालतमा रिट निबेदन दायर गरेका छन् । नेपालको संविधान, २०७२ ले मौलिक हकको रुपमा सूचना प्राप्त गर्ने हक (सूचनाको हक) लाई प्रत्याभूत गरेको छ । संविधानको धारा २७ मा स्पष्ट रूपमा उल्लेख छ कि प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ । यो मौलिक हक कार्यान्वयन गर्न संविधानलाई ब्रेल लिपिमा प्रकाशन गरेर संविधान जस्तो सार्वजनिक सरोकारको विषयको जानकारी दृष्टिविहीन नागरिकहरुले पनि प्राप्त गर्न सक्नेछन् । दृष्टिविहीन नागरिकहरूलाई कानुनी अधिकारहरूको स्वतन्त्र र प्रत्यक्ष पहुँच दिलाउन नै यो रिट निबेदन दायर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *