रु १० पर्ने सामग्रीलाई रु ३० लिई ठगी गरेकाे भन्दै अधिवक्ता ठाकुरद्वारा उच्च अदालत जनकपुरमा भाटभटेनीविरुद्ध रिट दायर।

१७,मंसिर,,साेमबार जनकपुर।

रु १० पर्ने सामग्रीलाई रु ३० लिई ठगी गरेकाे भन्दै अधिवक्ता ठाकुरद्वारा उच्च अदालत जनकपुरमा भाटभटेनीविरुद्ध रिट दायर गरेका छन्।

मिति २०८१/०८/०३ गते भाटभटेनी जनकपुरधाम पुगेका अधिवक्ता ठाकुरलाई रु १० पर्ने सामग्रीलाई रु ३० तिर्न लगाएपछि अधिवक्ता ठाकुरद्वारा कानुनी उपचार खोजिएको बताएका छन्।
उनले आफ्नो रिटमार्फत भाटभटेनी सुपरमार्केट जनकपुरधाम शाखा र जिल्ला प्रशासन कार्यालय जनकपुरधाम धनुषा त्यस्तै प्रमुख जिल्लाधिकारी धनुषालाई समेत विपक्षी बनाएर रिट दर्ता गरेका छन्

उनले रिटमा लेखेका छन्:-
भाटभटेनी सुपर मार्केट जनकपुरधाम शाखा लगायत अन्य २६ शाखा नेपाल भरी संचालन गरी चलाउदै आएको छ। उक्त किनमेल गर्ने सुपर मार्केटमा दिनुहुँ हजारौ-हजार आम नागरिक किनमेल गर्न निम्ति आफ्नो उपभोग गर्ने बस्तु किनमेल गर्ने गर्द छ। सोही किनमेल गर्न निम्ति म निवेदक मिति २०८१।०८।०३ गते भाटभटेनी सुपर मार्केट जनकपरधाम शाखामा गई किनमेल गर्ने क्रममा Tic Tac Mint नामको चुईङ्गम MRP.Rs:10:00 (दश रुपैंया। भएको खरिद गरेको थिए।

२. म निवेदक आफ्नो उपभोग गर्ने समान किनमेल गरे पश्चात उक्त समानको मूल्य तिर्दा खेरी MRP.Rs. 10:00 (दश रुपैया) लेखेको Tic Tac Mint नामको चुईङ्गमको मूल्य रु ३०:०० लिई बिल म निवेदकलाई दिएको थियो। सो पस्चात उक्त भाटभटेनी सुपर मार्केटको प्रबन्धक (Manager) समेतलाई सोध पुछ गर्दा रु ३०।- नै लिन्छु तपाईलाई जे गर्नु छ गर्नुस भन्दा म लगायत उक्त भाटभटेनी सुपर मार्केट र अन्य शाखा समेतबाट दिन्छु आम नागरिक ठगिएको देखिन्छ। निज विपक्षीको कार्य उपरोक्त संरक्षण ऐन २०७५ को मर्म
बिरुद्ध र नेपालको संविधानले प्रदान गरीएको धारा ४४ बमोजिम उमोक्ताको हक हनन हुदै आएको देखिन्छ। सो हक हनन भएको कारणले उपचार खोजन निमित धनुषा जिल्ला प्रशासन कार्यालय जनकपुरधाम समेतमा निवेदन दर्ता नं.१९८७ दर्ता गराउँदा समेत उपचार नपाएको हुनाले नेपालको संविधानको धारा १४४०२१, न्याय प्रशासन ऐन २०७३ को दफा ८ अमोजिम यत्त निवेदन साथ समान्य अदालत समक्ष कानूनी उपचारको लागि उपस्थित भएको

३. उपभोक्ता संरक्षण ऐन २०७४ को दफा ६ को उपदफा (च)ले प्रदान गरेको कानूनी हक बस्तुको बिक्री मूल्य लेबल लगाउनु पर्ने हुँदा पनि विपक्षीले लगाएको विकी मूल्यको लेबल भन्दा बढी रकम लिई म निवेदकलाई Tic Tac Mint चुईङ्गम बेचेको हुनाले निज विपक्षीले यसै ऐनको दफा ३८(क), (अ) विपरीत कार्य गरेको हुनाले म निवेदक लगायत हजारौ-हजार मानिस दैनिक रुपमा बढी मूल्य तिरि ठगि भई मर्का पर्न गएको देखिन्छ ।

४. तत्कालै निज विपक्षीको नाउँमा उपयुक्त आदेश जारी भएन भने म निवेदक लगायत हजारौ- हजार मानिस दैनिक रुपमा मर्का पर्न देखिएको हुनाले निज विपक्षीको नाउँमा परमादेशको आदेशले MRP भन्दा बढी रकम लिई कुनै पनि वस्तु वा उपभोग गर्ने माल सामान बेचन नपाउने भनि आदेश गरी पाँउ।

५. अतः यस मुद्दाको टुङ्गो नलागेसम्म निज विपक्षीलाई उक्त Tic Tac Mint नामको चुईङ्गम बढी मूल्यमा नबेच्न भनि उच्च अदालत नियमावलीको नियम ४२ बमोजिम अन्तरिम आदेश समेत जारी गरी पाँउनु पर्ने भन्दै न्यायको खोजीमा उनी पुगेका छन्।

यस मुद्दाको सुनवाई मिति २०८१ साल मंसिर १८ गते उच्च अदालत जनकपुरमा गर्नका लागि पेशी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ

इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दश जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको ...

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको प्रा...

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौ जनाको मृत्यु भएको...

अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित: ट्रम्प

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष ...