सोमबारे औँशीः गरियो नबोली स्नान

काठमाडौँ, १५ पुसः सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ ।

पौष कृष्ण औँशी आज सोमबार परेको हो । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई वर्षमा दुईदेखि तीनपटकसम्म सोमबारे औँशी पर्ने गरेको बताउनुहुन्छ ।

सोमबारे औँशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले बताउनुभयो । औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक सनातनी परम्परा रही आएको छ ।

माता, पिता नहुनेले भने औँशी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन् । यसका लागि पनि सोमबार परेको औँशी विशेष रुपमा मानिने गरेको धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो । यस अवसरमा विभिन्न तीर्थमा स्नान गर्नेको भीड लागेको जनाइएको छ । आजको सोमबारे औँशी यस वर्षको अन्तिम सोमबारे औँशी भएको ज्योतिषी एवं वास्तुविद् शिवप्रसाद पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण

नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण

२०८२ असार २, सोमबार नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण काठमाडौं ...
इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

असार २, २०८२ काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय य...
संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

२०८२ असार २ गते उनले भने, ‘हामी रत्नपार्कमा छौं कि शहीद गेटमा छौं कि, कलंकीमा छौं कि पोखरा चिप्लेढुंगामा छौं, मैले बुझ्न पाइनँ,...
बजेटमा राखिने योजना र कार्यक्रम आवश्यकताका आधारमा छनोट गर्नुपर्छ : सभापति सिंह

बजेटमा राखिने योजना र कार्यक्रम आवश्यकताका आधारमा छनोट गर्नुपर्छ : सभापति सिंह

काठमाडौँ — पूर्वाधार विकास समितिका अध्यक्ष दिपकबहादुर सिंहले आवश्यकताका आधारमा बजेटमा राखिने योजना र कार्यक्रम छनोट गर्नु पर्ने बत...