कवि मणिकुमार श्रेष्ठको कविता कृति ‘अदृश्ययात्रा’विमोचन

टक्सार (भोजपुर), १६ पुसः कवि मणिकुमार श्रेष्ठको कविता कृति ‘अदृश्ययात्रा’को विमोचन चर्चा गरिएको छ । सोमबार यहाँ आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईसहित उपस्थित व्यक्तिले कविता कृतिको विमोचन गर्दै यसको चर्चा गर्नुभएको हो ।

भोजपुरको उत्तर षडानन्द नगरपालिका निवासी कवि श्रेष्ठ २०६० सालदेखि साहित्य लेखन सुरु गर्नुभएको थियो । कवि श्रेष्ठको यो पहिलो कविता कृति हो । कविता कृतिभित्र ५८ वटा कविता समावेश गरिएको उहाँले जानकारी दिनुभयो ।

जिल्लास्थित त्रिवेणी साहित्य प्रतिष्ठानको आयोजनामा जिल्ला सदरमुकाममा भएको कार्यक्रममा कवि श्रेठको कृतिमाथि शङ्करकुमार राई, बाबुराम ओझा र सङ्ग्राम किराँतीले परिचर्चासहित टिप्पणी गर्नुभएको थियो । साथै कार्यक्रमका प्रमुख अतिथी समन्वय प्रमुख थुलुङ, कवि श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष सुवास विभास श्रेष्ठलगायतले कविता कृतिका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

पाल्पामा विद्यालय खोल्न अभिभावकको दबाब

पाल्पामा विद्यालय खोल्न अभिभावकको दबाब

तानसेन (पाल्पा), ९ वैशाखः विद्यालय बन्द गरेर तीन हप्तादेखि ंशिक्षकहरु काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेका बेला पाल्पामा भने अभिभावक...
थामेमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न

थामेमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न

सोलुखुम्बु, ९ वैशाखः यहाँको थामेमा आयोजित ‘आरोही सम्मेलन, जलवायु न्यायका लागि संवाद’ विषयक सम्मेलन सम्पन्न भएको छ । साथसाथै फाउन्ड...
बेगनास तालमा डुङ्गा पल्टिएपछि

बेगनास तालमा डुङ्गा पल्टिएपछि

गण्डकी, ९ वैशाख : हावाहुरी र चट्याङ्ले बेगनास ताल वरपरको मौसम अत्यासलाग्दो थियो । यत्तिकैमा यात्रु बोकेर तालपारि गइरहेको डुङ्गा एक...
चराङ—छोसेर सडक धमाधम स्तरोन्नति

चराङ—छोसेर सडक धमाधम स्तरोन्नति

मुस्ताङ, ९ वैशाखः उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उपल्लो मुस्ताङको चराङ–छोसेर २५ किलोमिट...