गुलरियामा सिँचाइ सुविधा पुर्‍याउन नहर निर्माण गरिँदै

गुलरिया (बर्दिया), १६ पुस : बर्दियाको गुलरिया नगरपालिकाको ६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन नहर निर्माण गर्न थालिएको छ । बबई सिँचाइ आयोजनाअन्तर्गत पश्चिमी नहर सदरमुकामसम्म पुर्‍याउने आयोजनाको लक्ष्य छ ।

गुलरिया नगरपालिका–१ र ३ को सिमाना निमकोठियाबाट चार किलोमिटर लामो नहर निर्माण गर्न लागिएको बबई सिँचाइ आयोजनाका प्रमुख सुशीलचन्द देवकोटाले बताउनुभयो । विसं २०४५ देखि सुरू भएको सो आयोजनाले २०८३ सालसम्म बर्दियाका ६ पालिकाको ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ ।

गुलरिया नगरपालिकाअन्तर्गत ६ हजार हेक्टर भूमि सिँचाइ गर्न आज नहर शिलान्यास गरिएको छ । गुलरियाका किसान आकासेपानीको भरमा खेती गर्नुपर्ने पीडाबाट अबको तीन वर्षपछि मुक्त हुने प्रमुख देवकोटाले बताउनुभयो । “किसानले लगाएको बालीबाट अब कम खर्चमा उब्जनी बढ्ने छ”, उहाँले भन्नुभयो ।

सदरमुकाम गुलरियासम्म पुर्‍याउने मूलनहर चार किलोमिटर र शाखा नहर ११ किलोमिटर निर्माण गर्न रु ८३ करोड बजेट छ । नगरक्षेत्रमा नहर निर्माण हुने भएपछि गुलरियाका किसान खुसी भएका छन् । नदीको पानी खेतखेतमा पुगेपछि पर्याप्त उब्जनी हुने र सिँचाइमा हुने लगानी घट्ने गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादव बताउनुहुन्छ । नहर शिलान्यास गर्दै उहाँले पानीको उचित व्यवस्थापन गर्न आयोजनासँग आग्रह गर्नुभयो । यसअघि सिँचाइ सुविधा नहुँदा गुलरियाका किसान महँगो शुल्क तिरेर सिँचाइ गर्दै आएका थिए । बबई सिँचाइ आयोजनाले ३४ किलोमिटर पूर्वी मूल नहर र ४१ किलोमिटर पश्चिमी नहर निर्माण गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण

नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण

२०८२ असार २, सोमबार नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण काठमाडौं ...
इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

असार २, २०८२ काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय य...
संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

२०८२ असार २ गते उनले भने, ‘हामी रत्नपार्कमा छौं कि शहीद गेटमा छौं कि, कलंकीमा छौं कि पोखरा चिप्लेढुंगामा छौं, मैले बुझ्न पाइनँ,...
बजेटमा राखिने योजना र कार्यक्रम आवश्यकताका आधारमा छनोट गर्नुपर्छ : सभापति सिंह

बजेटमा राखिने योजना र कार्यक्रम आवश्यकताका आधारमा छनोट गर्नुपर्छ : सभापति सिंह

काठमाडौँ — पूर्वाधार विकास समितिका अध्यक्ष दिपकबहादुर सिंहले आवश्यकताका आधारमा बजेटमा राखिने योजना र कार्यक्रम छनोट गर्नु पर्ने बत...