नेपाली आकास सुरक्षित छ भन्ने सन्देश विश्वभर फैलाउन जरूरी छ : मन्त्री पाण्डे

काठमाडौँ, १६ पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयनको क्षेत्रमा नेपाली आकास सुरक्षित रहेको बताउनुभएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले भौगोलिक अवस्थितिले नेपालको आकास नागरिक उड्डयनको क्षेत्रमा यसको स्कोप कहिले नघट्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली आकास सुरक्षित छ, कुनै समस्या छैन । भौगोलिक अवस्थितिले पनि नेपाली आकास सुरक्षित र गतिशील छ । चलायमान भनेर हामीले विश्वभर सन्देश फैलाउन जरूरी छ ।”

मन्त्री पाण्डेले नेपालमा भौगोलिक अवस्था विकट भए पनि यहाँ असङ्ख्य पर्यटन क्षेत्र तथा विभिन्न धार्मिकस्थल भएका कारण अन्य देशको तुलनामा पर्यटक बढी आउन खोज्ने गरेका बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री अरूणकुमार चौधरीले नेपाल नागरिक उड्डयन प्राधिकरणको काम गर्ने तौरतरिका चित्तबुझ्दो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्राधिकरणको काम गर्ने तरिका ठिक छ, सबैको साथ र सहयोगले प्राधिकरणले सफलता पाएको छ ।”

मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेले नेपालका दुर्गम क्षेत्रमा अहिले पनि यातायातका साधन सञ्चालन हुन नसकेका कारण दुर्गम तथा हिमाली क्षेत्रमा जहाज सञ्चालन गर्न तत्काल आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकलाई सेवा दिन जहाज चलाउन आवश्यक छ, त्यसका लागि मन्त्रालयले के सहयोग गर्नुपर्छ हामी गर्न तयार छौँ ।”

प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले हवाई सुरक्षाको दृष्टीकोणमा नेपालको आकास निकै सुरक्षित रहेको र प्राधिकरणले उक्त क्षेत्रमा गरेका तथा अबका दिनमा गरिने कार्यका विषयमा जानकारी दिनुभयो ।

कार्यक्रममा प्राधिकरणको विशेषाङ्क विमोचन गरिनुका साथै प्राधिकरणको सफलताको क्षेत्रमा उल्लेख्य कलम चलाउने पत्रकार तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्र...
     जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव  

     जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव  

पञ्चपुरी (सुर्खेत), ६ जेठ : खानेपानीमन्त्री प्रदीप यादवले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।...
  सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : उपमहासचिव पुन  

  सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : उपमहासचिव पुन  

कास्की, ६ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्रले अहिले सरकारलाई प्राथमिकताम...

सुर्खेत जाँदै गरेको बस म्याग्देमा दुर्घटना हुँदा २५ जना घाइते

दमौली (तनहुँ), ६ जेठः पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीमा आज दिउँसो यात्रुवाहक बस दुर्घटना ...