पोखरा ओपन टेनिसमा आरव र सुनिरा च्याम्पियन

कास्की, १६ पुस : पोखरामा आयोजना गरिएको २१औँ संस्करणको ‘माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिताको उपाधि आरव सम्राट हाडा र सुनिरा थापाले जितेका छन् ।

कास्की जिल्ला टेनिस सङ्घद्वारा यही पुस ११ गतेदेखि सुरू भएको उक्त प्रतियोगिताको आज सम्पन्न फाइनलमा पुरूष एकलतर्फ आरव सम्राट हाडाले प्रनव मानन्धरलाई ६–१ र ६–१ अङ्कले पराजित गरे ।

यसअघि सोमबार सम्पन्न सेमिफाइनलमा नेपालका शीर्ष बरियताका प्रदिप खड्कालाई २–१ सेटमा पराजित गरी आरवले फाइनलमा प्रनवसँगको भेट पक्का गरेका थिए । प्रनवले भने सेमिफाइनलमा निशान श्रेष्ठलाई ६–१ र ६–१ अङ्कले हराएका थिए ।

यसैगरी महिलातर्फ सुनिराले सलोनीलाई ६–२ र ६–३ अङ्कले पराजित गरी उपाधि जितिन् । खुलातर्फ च्याम्पियन भएका दुबैले समान रू ८० हजार, ट्रफी र मेडल प्राप्त गरे । उपविजेताले जनही रू ४० हजारका साथमा ट्रफी प्राप्त गरे ।

यसैगरी ३५ वर्ष माथिको उमेर समूहमा एकलतर्फ जितेन्द्र परियारले प्रतिद्वन्द्वी सन्तोष खत्रीलाई ६–१ र ६–२ अङ्कले पराजित गर्दै च्याम्पियन भए । उनले रू ६० हजार र उपविजेता सन्तोषले रू ३० हजारका साथमा ट्रफी पाए ।

प्रतियोगितामा ४५ वर्ष माथिको एकलतर्फको फाइनलमा कमल भण्डारी बिजेता बने । रोहित सुनुवारलाई ६–० र ६–२ अङ्कले पराजित गर्दै उनले रू ४० हजार तथा उपविजेता रोहितले रु २० हजारसहित ट्रफि प्राप्त गरे ।

यस्तै ५५ वर्ष माथिको फाइनल स्पर्धामा चन्द्र शाही विजयी भए । उनले जीवन घिमिरेलाई ६–२ र ६–२ अङ्कले हराए । विजेता चन्द्रले रू ३० हजार तथा उपविजेता जीवनले रू १५ हजार पुरस्कार प्राप्त गरेको प्रतियोगिताका निर्देशक कुमार अधिकारीले जानकारए ।

विजेता खेलाडीलाई प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ«े बैंकका संस्थापक तथा केसी ग्रुपका निर्देशक किरण केसी, नेपाल टेनिस सङ्घका उपाध्यक्ष विनोद कायस्थ, प्रतियोगिताका संयोजक नवीन चालिसे, सङ्घका कोषाध्यक्ष विष्णुबहादुर थापा, सचिव भीष्मराज पौडेललगायतले नगद तथा ट्रफी वितरण गरे । प्रतियोगितामा एक सय ४० खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ

इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दश जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको ...

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको प्रा...

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौ जनाको मृत्यु भएको...

अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित: ट्रम्प

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष ...