बयालीसौँ आइजिपी रनिङ शिल्डको उपाधि गण्डकी प्रदेश प्रहरीलाई

काठमाडौँ, १६ पुस : बयालीसौँ आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरी कार्यालयले जितेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा भएको फाइनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले रु तीन लाख तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जले रु एक लाख ५० हजार पुरस्कार प्राप्त ग¥यो । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र ‘फेयर प्ले टोली’ले रु १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले जनही रु १० हजार पुरस्कार प्राप्त गरे ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उपाधि विजेता तथा उपविजेतालाई पदक, प्रमाण–पत्र, रनिङ शिल्ड र नगद पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा गण्डकी प्रदेश प्रहरी कार्यालयका विवेक गुरूङ सर्वोत्कृष्ट खेलाडी, केशर बराम सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट फरवार्ड, जीवन सिंह ठकुरी उत्कृष्ट गोलकिपर, सन्तोष सुवेदी उत्कृष्ट प्रशिक्षक, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका मनोज बस्नेत उत्कृष्ट मिडफिल्डर तथा धनबहादुर आले उत्कृष्ट डिफेण्डर र फेयर प्ले टोली कोशी प्रदेश प्रहरी कार्यालय घोषित भए ।

यही पुस ७ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालय सहभागी थिए ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले यस्ता प्रतियोगिताले खेलकुदको विकासको साथै प्रतिभावान खेलाडीको पहिचान गर्न मद्दत पुग्ने बताउनुभयो । आगामी दिनमा नेपाल प्रहरीको फुटबल टोलीलाई अझ बढी क्षमतावान्, कुशल, दक्ष र सफल बनाउनेतर्फ पहल गर्न नेपाल प्रहरी खेलकुद समितिका पदाधिकारीलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

शीतलहरबाट दलित मुसहर परिवार समस्यामा

शीतलहरबाट दलित मुसहर परिवार समस्यामा

बरहथवा (सर्लाही), १२ माघः चिसो र शीतलहरको जोखिममा यहाँका विपन्न दलित मुसहर परिवार परेका छन् । अत्यधिक चिसोले मुसहर परिवार केही दिन...
कर्णाली प्रदेशसभामा रिक्त संसदीय समितिले पाए पूर्णता

कर्णाली प्रदेशसभामा रिक्त संसदीय समितिले पाए पूर्णता

कर्णाली, १० माघ : दश महिनादेखि नेतृत्वविहीन अवस्था रहेका कर्णाली प्रदेशसभाका तीन संसदीय समितिले पूर्णता पाएका छन् । गत वैशाखदेखि न...
आवश्यकताअनुसार औषधि उपलब्ध गराउनेगरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल

आवश्यकताअनुसार औषधि उपलब्ध गराउनेगरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल

धरान (सुनसरी), १० माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आवश्यकताअनुसार अस्पताल र फार्मेसीबाट औषधि उपलब्ध गराउनेगरी व...
प्रसारण लाइन अभावले उत्पादित विद्युत् खेर जाने अवस्था आउँदैन : मन्त्री खड्का

प्रसारण लाइन अभावले उत्पादित विद्युत् खेर जाने अवस्था आउँदैन : मन्त्री खड्का

काठमाडौँ, १० माघ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रसारण लाइनको अभावले उत्पादित विद्युत् खेर जाने अवस्था नआउने बता...