भरतपुरमा सन्तुलित विकास भएको छ : अध्यक्ष दाहाल

नारायणगढ (चितवन), १६ पुस : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर महानगरको सबै क्षेत्रमा सन्तुलित विकास भएको बताउनुभएको छ ।

भरतपुरस्थित मेघौलीमा आज आयोजना भएको भरतपुर भ्रमण वर्ष २०२४ वार्षिकोत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ को समापन समारोहलाई सम्बोधन गर्दै उहाँले विकास गर्नै सक्दैनन् भन्ने निरासाजनक भाष्य रहेको अवस्थाबाट उठेर भरतपुर महानगरपालिकाले सबै क्षेत्रमा विकास गरेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “नेत्तृत्वले इमान्दारीताका साथ गर्न चाह्यो भने जनताको सेवाप्रति, जनताको विकासको आवश्यकता र आकाङ्क्षाप्रति इमान्दर भएर गर्न चाह्यो भने धेरै काम गर्न सकिन्छ भन्ने एउटा राम्रो उदाहरण भरतपुरमा प्रस्तुत भएको छ ।” उहाँले भरतपुरको सिको देशभरिका सबै तहले तहले गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “प्रकृतिले दिएको जल, जमिन, जडीबुटी, हिमाल, पहाड र तराई सबै पर्यटकीयस्थल हो । त्यसको निम्ति भौतिक पूर्वाधार जनचेतना र रचनात्मक कार्यक्रमको विकास भने नेत्तृवले गर्नुपर्ने हुन्छ । यो सबै चितवन तथा भरतपुरमा रहेको छ ।”

भरतपुर महानगर प्रमुख रेनु दाहाले भरतपुर तथा मेघौलीलाई पर्यटनबाट विकास गर्नका लागि सुरक्षित सहरको रूपमा विकास गर्दै आइएको बताउनुभयो । उहाँले यहाँ आउनको लागि भौतिक बाटोघाटोको काम सकिएको भन्दै अहिले आधा घण्टामा भरतपुरको जुनसुकै स्थानमा पुग्न सकिने बताउनुभयो । प्रमुख दाहालले अहिले मेघौलीे विमानस्थल सञ्चालनको कामभन्दा पनि यहाँको गोलाघाटमा पुल निर्माणको आवश्यकता बढी रहेको उल्लेख गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी उपाध्यक्ष कमलप्रसाद सापकोटाले भरतपुरसँग समन्वय गरी यहाँ विभिन्न पर्यटकीय गतिविधि सञ्चालन हुँदै आएको बताउनुभयो । उहाँले खर्च गर्नसक्ने पर्यटक अहिले मेघौलीका होटलमा आउने गरेको भन्दै यस्तै अन्य स्थानमा पनि नयाँ थप गन्तव्यको पहिचान र प्रचारप्रसार गरिनुपर्ने आँैल्याउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री मिलनबाबु श्रेष्ठ, बागमती प्रदेशका पूर्वसांसद तथा रैथाने खाना महोत्सवका सल्लाहकार कृष्ण भुर्तेल, प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, इच्छाकामना गाउँपापिलका अध्यक्ष दानबहादुर गुरू
ङ, उद्योग वाणिज्य सङ्घ चितवनमा अध्यक्ष सुमनकुमार श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो भने भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

शीतलहरबाट दलित मुसहर परिवार समस्यामा

शीतलहरबाट दलित मुसहर परिवार समस्यामा

बरहथवा (सर्लाही), १२ माघः चिसो र शीतलहरको जोखिममा यहाँका विपन्न दलित मुसहर परिवार परेका छन् । अत्यधिक चिसोले मुसहर परिवार केही दिन...
कर्णाली प्रदेशसभामा रिक्त संसदीय समितिले पाए पूर्णता

कर्णाली प्रदेशसभामा रिक्त संसदीय समितिले पाए पूर्णता

कर्णाली, १० माघ : दश महिनादेखि नेतृत्वविहीन अवस्था रहेका कर्णाली प्रदेशसभाका तीन संसदीय समितिले पूर्णता पाएका छन् । गत वैशाखदेखि न...
आवश्यकताअनुसार औषधि उपलब्ध गराउनेगरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल

आवश्यकताअनुसार औषधि उपलब्ध गराउनेगरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल

धरान (सुनसरी), १० माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आवश्यकताअनुसार अस्पताल र फार्मेसीबाट औषधि उपलब्ध गराउनेगरी व...
प्रसारण लाइन अभावले उत्पादित विद्युत् खेर जाने अवस्था आउँदैन : मन्त्री खड्का

प्रसारण लाइन अभावले उत्पादित विद्युत् खेर जाने अवस्था आउँदैन : मन्त्री खड्का

काठमाडौँ, १० माघ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रसारण लाइनको अभावले उत्पादित विद्युत् खेर जाने अवस्था नआउने बता...