राजमार्ग छेउमा मकै पोलेरै जिविका

बेलबारी (मोरङ), १६ पुसः यहाँको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग घर भएका मेघराज बस्नेतले पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गमा पर्ने बेलबारी–८ स्थित चिसाङ खोला छेउमा मकै पोलेर बेच्दै आउनुभएको छ ।

मकै पोलेरै पाँचजनाको परिवारको जिविका चलाउँदै आउनुभएका उहाँले भन्नुभयो, “व्यापारको टुङ्गो त हुँदैन, तर औसतमा दैनिक एक हजारदेखि एक हजार पाँच सय सम्म आम्दानी हुन्छ ।” उहाँका अनुसार हाल रु २५ प्रतिघोगा किनेको हरियो मकै रु ४० प्रतिघोगाले बिक्री हुन्छ ।

बेलबारी–१० भाउन्ने घर भएका रमेश कुँवरले पनि मेघराजले झैँ सोही स्थानमा मकै पोलेर बिक्री गर्दै आउनुभएको छ । घरमै होटल व्यवसाय सञ्चालन गर्नुभएका उहाँले कोरोनाका कारण व्यवसाय ठप्प भएपछि मकै पोलेर बेच्न थाल्नुभएको हो । हाल यो पेसाप्रति सन्तुष्ट रहेको उहाँले बताउनुभयो । कुँवरका अनुसार राजमार्गमा यात्रारत अधिकांशले यहाँ गाडी रोकेका बेला पोलेको मकै किनेर खाने गर्छन् ।

कानेपोखरी गाउँपालिका–५ बाट मकै पोल्न आउने गर्नुभएकी ५४ वर्षीया सुस्मिता राईले छोरीको सहयोगमा विगत चार वर्षदेखि मकै पोल्दै आउनुभएको छ । कानेपोखरी–५ की दुर्गा तामाङ पनि दुई वर्षदेखि सोही स्थानमा मकै पोलेर बेच्दै आउनुभएको छ । दैनिक एक सय घोगा पोलेको मकै बिक्री हुने उहाँ बताउनुहुन्छ । जाडोमा मकै पोल्न सजिलो भएपनि गर्मीमा गाह्रो हुने उनीहरु बताउँछन् ।

यात्रुहरु र सवारी चालकले पनि यहाँ पोलेको मकै देखेपछि गाडी रोकेरै खाने गरेका छन् । “यो राजमार्गमा यात्रा गर्दा यहाँ पोलेको मकै नखाई चित्तै बुझ्दैन,” ट्रक चालक रामु चौधरीले भन्नुभयो, “मकै खाँदै यहाँ आराम गर्दा थकाइ पनि मेटिने, मकै पनि स्वादिलो हुने भएकाले बानी नै परिसकियो ।”

चिसाङ खोला छेउमा पोलेको मकै रुचाउने मानिसहरुको भीड लाग्ने गरेको छ । राजमार्गमा यात्रा गर्नेहरुको खाजा खाने नयाँ गन्तव्यका रुपमा यो ठाउँ विकास भइरहेको छ । कोभिड–१९ को महामारीदेखि यहाँ वैकल्पिक व्यवसायका रुपमा मकै पोल्न सुरु भएको हो । यहाँ २० भन्दा बढी स्थानीयले मकै पोल्ने पेशा गर्दै आएका छन् ।

वन कार्यालयले पहिलेदेखि यहाँबाट मकै पोल्नेलाई हटाउन कोसिस गरिरहेको छ । डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरका अनुसार अतिक्रमण नियन्त्रण गर्न वन क्षेत्रमा पर्ने उक्त स्थान खाली गर्न लागिएको हो ।

सर्वसाधारणको जिविका चलिरहेको यहाँबाट विस्थापित गर्न खोजिएपछि उचित व्यवस्थापनका लागि बेलबारी नगरपालिकाले बेलबारी–१० स्थित भाउन्ने चोक पुर्वपट्टि स्थायी रुपले व्यवसाय गर्ने ठाउँको व्यवस्थापन गर्ने योजना बनाएको नगरप्रमुख दिलप्रसाद राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ

इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दश जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको ...

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको प्रा...

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौ जनाको मृत्यु भएको...

अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित: ट्रम्प

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष ...