‘राष्ट्रिय मेलमिलापको नीति सदैव सान्दर्भिक र अनुशरणयोग्य’

काठमाडौँ, १६ पुसः प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाले प्रतिपादन एवं अङ्गिकार गर्नुभएको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता र औचित्य अहिले पनि उत्तिकै रहेको धारणा व्यक्त गरिएको छ ।

आज ४८औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सुन्दरीजलस्थित विपी सङ्ग्रहालयमा आयोजित कार्यक्रममा कांग्रेस नेता तथा बुद्धिजीविहरूले देश र जनताको पक्षमा आफ्नो ज्यानलाई बाजीमा राखी स्वदेश फर्किएर विपी कोइरालाले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिनुभएको बताउनुभयो ।

राष्ट्रिय मेलमिलापको नीति लिई स्वदेश फर्केपछि विपी कोइरालाको राजनीतिक प्रभाव र सक्रिय गतिविधिका कारण २०३६ सालमा आमनिर्वाचन घोषणा गर्न तत्कालीन राजा बाध्य हुनुपरेको चर्चा गर्दै उहाँहरूले उहाँ एक सच्चा राष्ट्रवादी, दूरदर्शी, बौद्धिक एवं साहसिक नेता हुनुहुन्थ्यो भन्नुभयो ।

सो अवसरमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री तारिणीदत चटौतले विपी कोइरालाले लिनुभएको साहसिक कदमका कारण नेपालको प्रजातान्त्रिक आन्दोलन सफल भएको उल्लेख गर्दै राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता र औचित्य अहिले पनि रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले साहसिक एवं दूरदर्शी निर्णय क्षमताका कारण अन्तर्राष्ट्रियस्तरमा समेत प्रभाव छोड्न सफल महामानव विपी कोइरालाले ३३ वर्षअघि लिनुभएको मेलमिलापको नीति आज पनि उत्तिकै महत्व रहेको बताउनुभयो ।

सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेलले आफ्नो ज्यानको जोखिम मोलेर देश, जनता र प्रजातन्त्रका पक्षमा स्वदेश फर्कनुभएका विपी कोइराला यस क्षेत्रका महान् नेता हुनुहुन्थ्यो भन्नुभयो ।

देशमा प्रजातन्त्र स्थापना गर्ने अठोटका साथ नेपाली कांग्रेस पार्टी स्थापना गरी राजनीतिक आन्दोलनको नेतृत्व गर्नुभएका विपी कोइराला सहकर्मी नेताहरूका साथ आठ वर्ष भारतमा रही आन्दोलनमा सरिक हुनुहुन्थ्यो ।

राणा शासन अन्त्यसहित प्रजातान्त्रिक आन्दोलनमा सक्रिय नेता गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं र नीलाम्बर पन्थीसँगै २०३३ पुस १६ गते विपी कोइराला राष्ट्रिय मेलमिलाप नीतिका साथ भारतबाट स्वदेश फर्कनुभएको हो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ

इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दश जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको ...

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको प्रा...

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौ जनाको मृत्यु भएको...

अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित: ट्रम्प

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष ...