चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द

वीरगञ्ज (पर्सा), २४ पुसः वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ । महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो ।

महानगरका शिक्षा अधिकृत हरि राउतले सार्वजनिक सूचना जारी गरेर तिन दिन सामुदायिक र संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । “बढ्दो जाडोका कारणबाट विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै तीन दिन वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालयको प्रशासनिक कार्य सञ्चालन गर्नेगरी विद्यार्थीलाई गृहकार्य दिई घरमा अध्ययन गर्ने वातावरण मिलाई विद्यालयमा पठनपाठनसम्बन्धी कार्य स्थगन गर्न÷गराउनुहुन सम्बन्धित सबै विद्यालयलाई जानकारीका लागि आदेशानुसार अनुरोध छ”, उहाँले भन्नुभयो ।

त्यसैगरी पर्सागढी नगरपालिकाले पनि गत पुस २१ गते सार्वजनिक सूचना जारी गरेर पुस २२ गतेदेखि माघ १ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख देवकुमार गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

पाल्पामा विद्यालय खोल्न अभिभावकको दबाब

पाल्पामा विद्यालय खोल्न अभिभावकको दबाब

तानसेन (पाल्पा), ९ वैशाखः विद्यालय बन्द गरेर तीन हप्तादेखि ंशिक्षकहरु काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेका बेला पाल्पामा भने अभिभावक...
थामेमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न

थामेमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न

सोलुखुम्बु, ९ वैशाखः यहाँको थामेमा आयोजित ‘आरोही सम्मेलन, जलवायु न्यायका लागि संवाद’ विषयक सम्मेलन सम्पन्न भएको छ । साथसाथै फाउन्ड...
बेगनास तालमा डुङ्गा पल्टिएपछि

बेगनास तालमा डुङ्गा पल्टिएपछि

गण्डकी, ९ वैशाख : हावाहुरी र चट्याङ्ले बेगनास ताल वरपरको मौसम अत्यासलाग्दो थियो । यत्तिकैमा यात्रु बोकेर तालपारि गइरहेको डुङ्गा एक...
चराङ—छोसेर सडक धमाधम स्तरोन्नति

चराङ—छोसेर सडक धमाधम स्तरोन्नति

मुस्ताङ, ९ वैशाखः उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उपल्लो मुस्ताङको चराङ–छोसेर २५ किलोमिट...