अब वडाकै नेतृत्वमा वाग्मती सफाइ

काठमाडौँ, २८ पुस : वाग्मती सफाइ महाअभियान सुरु भएको ६ सय नौ हप्तापछि स्थानीय सरकारकै नेतृत्वमा सफाइमा अभियानकर्मी जुट्न थालेका छन् ।

काठमाडौँ महानगरपालिका–८ को नेतृत्वमा भएको सफाइ पशुपति क्षेत्रमा केन्द्रित छ । पशुपति क्षेत्रका विभिन्न स्थानमा गरिएको सफाइबाट सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । सफाइका क्रममा उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभागले व्यवस्थापन गरेको छ ।

सफाइमा पूर्वमुख्यसचिव एवं सफाइ अभियानकर्मी लीलामणि पौड्याल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नारायण भण्डारी, काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष आशामान सँगत, वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकारलगायत जनप्रतिनिधि र अभियानकर्मीको सक्रियता रहेको थियो ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ अभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा वाग्मती किनारमा हुने गरेको छ । गत बुधबार काठमाडौँ महानगरपालिका–११ मा वाग्मती छुने महानगरपालिकाका १० वडाका वडाध्यक्षको सहभागितामा भएको बैठकले सफाइको जिम्मेवारी वडाले लिने सहमति भएको हो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण

नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण

२०८२ असार २, सोमबार नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण काठमाडौं ...
इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

असार २, २०८२ काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय य...
संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

२०८२ असार २ गते उनले भने, ‘हामी रत्नपार्कमा छौं कि शहीद गेटमा छौं कि, कलंकीमा छौं कि पोखरा चिप्लेढुंगामा छौं, मैले बुझ्न पाइनँ,...
बजेटमा राखिने योजना र कार्यक्रम आवश्यकताका आधारमा छनोट गर्नुपर्छ : सभापति सिंह

बजेटमा राखिने योजना र कार्यक्रम आवश्यकताका आधारमा छनोट गर्नुपर्छ : सभापति सिंह

काठमाडौँ — पूर्वाधार विकास समितिका अध्यक्ष दिपकबहादुर सिंहले आवश्यकताका आधारमा बजेटमा राखिने योजना र कार्यक्रम छनोट गर्नु पर्ने बत...