राखेप उपाध्यक्ष आचार्यको पदबहाली

काठमाडौँ २९ पुसः राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यले आज पदबहाली गर्नुभएको छ । उहाँलाई युवा तथा खेलकुद मन्त्रालयले आजै मनोनयन पत्र हस्तान्तरण गरेको थियो ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पद तथा गोपनीयताको शपथसमेत गराउनुभएको थियो । राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङलगायतले उपाध्यक्ष आचार्यलाई आजै राखेपमा स्वागत गर्नुभयो ।
यही पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले बुटवल उपमहानगरपालिका–७ का आचार्यलाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको थियो । आचार्य मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष हुनुहुन्छ ।

यसअघिका उपाध्यक्ष शिव कोइरालाको २०८१ साल साउन ११ गते पदावधि सकिएपछि उपाध्यक्ष पद रिक्त रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

सङ्घीय शासन प्रणालीको अभ्यासमा देखिएका चुनौतीलाई पन्छाउँदै जानुपर्छ’

सङ्घीय शासन प्रणालीको अभ्यासमा देखिएका चुनौतीलाई पन्छाउँदै जानुपर्छ’

काठमाडौँ, ३ फागुनः संविधानसभाका सांसदहरूले सङ्घीय शासन प्रणाली नेपालका लागि नयाँ अभ्यास भएकाले कार्यान्वयनका क्रममा आउने विभिन्न च...
‘सबैको सहमतिमा संविधान संशोधन आवश्यक छ’

‘सबैको सहमतिमा संविधान संशोधन आवश्यक छ’

ललितपुर, ३ फागुनः प्रमुख राजनीतिक दलका नेताहरू संविधान संशोधन गर्नुपर्नेमा एकमत देखिएका छन् । आज यहाँ आयोजित संविधान...
‘सूचना अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्छ’

‘सूचना अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्छ’

मनहरी, ३ फागुनः राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा सुरेशप्रसाद आचार्यले सूचना अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्ने...
पूर्वप्रधानमन्त्रीको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को आवरण सार्वजनिक

पूर्वप्रधानमन्त्रीको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को आवरण सार्वजनिक

भक्तपुर, ३ फागुनः पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ प्रकाशित हुने भएको छ । ...