इन्डोनेसियाको हरित ऊर्जा लागि एडीबी वित्तिय समर्थन

एसियाली विकास बैङ्क (एडीबी) ले मङ्गलबार इन्डोनेसियाको भू–तापीय ऊर्जा स्रोतहरू विकास गर्न पिटि सुप्रिम एनर्जी मुरा लाबोह (एसइएमएल) सँग ९२.६ डलर करोडको वित्तीय सम्झौतामा हस्ताक्षर गरेको छ ।

“यो सुविधा विस्तार गरेर इन्डोनेसियामा ८३ मेगावाटको अनुमानित क्षमताको नयाँ जियोथर्मल पावर प्लान्टको निर्माण, सञ्चालन र मर्मतसम्भारलाई समर्थन गरिनेछ,” एडीबीले जनाएको छ ।

सन् २०१३ देखि, एडीबीले इन्डोनेसियामा चार जियोथर्मल पावर प्लान्टमा लगानी गरेको छ । मनिलास्थित बैङ्कले जियोथर्मल पावर प्रोजेक्ट लगायतका परियोजनाहरूका लागि सहयोग गरेको छ ।

विश्वको सबैभन्दा ठूलो जियोथर्मल ऊर्जा भण्डार इन्डोनेसियामा रहेको छ । उक्त पावर प्लान्टको क्षमता २३.१ गीगावाट रहेको छ । इन्डोनेसिया सरकारले जियोथर्मल प्लान्टहरूको विकासलाई प्राथमिकतामा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *