इन्डोनेसियाको हरित ऊर्जा लागि एडीबी वित्तिय समर्थन

एसियाली विकास बैङ्क (एडीबी) ले मङ्गलबार इन्डोनेसियाको भू–तापीय ऊर्जा स्रोतहरू विकास गर्न पिटि सुप्रिम एनर्जी मुरा लाबोह (एसइएमएल) सँग ९२.६ डलर करोडको वित्तीय सम्झौतामा हस्ताक्षर गरेको छ ।

“यो सुविधा विस्तार गरेर इन्डोनेसियामा ८३ मेगावाटको अनुमानित क्षमताको नयाँ जियोथर्मल पावर प्लान्टको निर्माण, सञ्चालन र मर्मतसम्भारलाई समर्थन गरिनेछ,” एडीबीले जनाएको छ ।

सन् २०१३ देखि, एडीबीले इन्डोनेसियामा चार जियोथर्मल पावर प्लान्टमा लगानी गरेको छ । मनिलास्थित बैङ्कले जियोथर्मल पावर प्रोजेक्ट लगायतका परियोजनाहरूका लागि सहयोग गरेको छ ।

विश्वको सबैभन्दा ठूलो जियोथर्मल ऊर्जा भण्डार इन्डोनेसियामा रहेको छ । उक्त पावर प्लान्टको क्षमता २३.१ गीगावाट रहेको छ । इन्डोनेसिया सरकारले जियोथर्मल प्लान्टहरूको विकासलाई प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ

इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दश जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको ...

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको प्रा...

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौ जनाको मृत्यु भएको...

अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित: ट्रम्प

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष ...