महा कुम्भ : मकर सङ्क्रान्तिमा बिहान १०.३० बजेसम्म एक करोड ३८ लाख भक्तजनले गरे सङ्गममा स्नान

महाकुम्भ २०२५ को पहिलो ‘अमृत स्नान’ को अवसरमा मङ्गलबार बिहान १०ः३० बजे (स्थानीय समय) सम्म एक करोड ३८ लाख श्रद्धालुले यहाँ सङ्गममा पवित्र स्नान गरेको अधिकारीहरूले बताएका छन् ।

विश्वकै सबैभन्दा ठूलो जमघटको पहिलो दिनमा एक करोड ५० लाखभन्दा बढी तीर्थयात्रीले सङ्गममा पवित्र स्नान गरेका थिए ।

यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मङ्गलबार पहिलो ‘अमृत स्नान’ मा सहभागी भएका सबै भक्तजनलाई हार्दिक बधाई दिनुभएको छ ।

एक्समा पोस्ट गर्दै मुख्यमन्त्री योगीले यस पवित्र कार्यक्रमलाई भारतको सनातन संस्कृति र आस्थाको जीवन्त प्रमाणको रूपमा वर्णन गर्नुभयो । “यो हाम्रो सनातन संस्कृति र आस्थाको जीवन्त रूप हो । आज लोक आस्थाको महान् पर्व ‘मकर सङ्क्रान्ति’ को शुभ अवसरमा महाकुम्भ–२०२५, प्रयागराजको त्रिवेणी सङ्गममा पहिलो ‘अमृत स्नान’ गरी पुण्य कमाउने सबै श्रद्धालुलाई बधाई !” उहाँले भन्नुभयो ।

यसअघि मुख्यमन्त्रीले मकर सङ्क्रान्तिमा राज्यका जनतालाई शुभकामना दिँदै भन्नुभयो, “राज्यका जनता, सबै पूज्य सन्त, भक्त र अनुयायीहरूलाई मकर सङ्क्रान्तिमा हार्दिक बधाइ ! यो ब्रह्माण्डका पिता सूर्य भगवान्प्रति कृतज्ञता व्यक्त गर्ने पर्व हो ।”

सनातन धर्मका १३ अखाडाका साधुहरूले त्रिवेणी सङ्गममा पवित्र स्नान गरिरहेका छन् ।

आफ्नो तेस्रो कुम्भ मेलामा सहभागी हुँदै एक विदेशी श्रद्धालुले भन्नुभयो, “म यसलाई शब्दमा वर्णन गर्न सक्दिनँ । यो मेरो तेस्रो कुम्भ हो । म सन् २०१० मा हरिद्वार, २०१३ मा प्रयागराज र अहिले फेरि यहाँ आएँ । यहाँ सबै उन्माद छ तर त्यसभित्र केही यस्तो छ जो परिवर्तन हुँदैन… सौभाग्यवश, यहाँ भीड नियन्त्रण गर्न धेरै प्रहरी कर्मचारी छन्… यहाँ तपाईं केवल प्रवाहसँगै बग्न सिक्नुहुन्छ ।”

महानिर्वाण अखाडाका महामण्डलेश्वर स्वामी चिदम्बरानन्दले कुम्भलाई भारतीय सभ्यताको भव्यताको अनुभव भन्नुभयो ।

“हामी भारतीय सभ्यताको भव्यता अनुभव गर्छौं । करोडौँ मानिसले हाम्रो संस्कृतिको गौरव देखिरहेका छन् । चारैतिर खुशी र उत्साह छ । मानिसहरू जाडो बिर्सेर बिहान २ बजेदेखि नै सन्तहरूको दर्शनका लागि पर्खिरहेका छन्”, उहाँले भन्नुभयो, “यहाँ अविश्वसनीय दृश्यहरू छन् । जसले जातीय विभेद सिर्जना गर्छन् र हाम्रो धर्मलाई दोष दिन्छन्, उनीहरू यहाँ आएर हेरून् कि करोडौँको भीडमा न त कुनै ब्राह्मण छन् न शूद्र, केवल हिन्दू र हिन्दू संस्कृति मात्र छ ।”

कुम्भमा सहभागी एक विदेशी श्रद्धालुले भन्नुभयो, “महाकुम्भ केवल भारतको मात्र होइन, सम्पूर्ण विश्वको अवसर हो ।”

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्र...
     जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव  

     जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव  

पञ्चपुरी (सुर्खेत), ६ जेठ : खानेपानीमन्त्री प्रदीप यादवले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।...
  सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : उपमहासचिव पुन  

  सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : उपमहासचिव पुन  

कास्की, ६ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्रले अहिले सरकारलाई प्राथमिकताम...

सुर्खेत जाँदै गरेको बस म्याग्देमा दुर्घटना हुँदा २५ जना घाइते

दमौली (तनहुँ), ६ जेठः पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीमा आज दिउँसो यात्रुवाहक बस दुर्घटना ...