‘आदिवासीको पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्छ’

काठमाडौँ, २ माघः नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिले आफ्नो पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ ।

नेपाल मगर सङ्घले मगर समुदायको प्रमुख सांस्कृतिक पर्व माघे सकरातीको अवसरमा आयोजित समारोहमा अध्यक्ष शेर्पाले जातीय पहिचान, कला, संस्कृति, रहनसहन जोगाउन मातृभाषा पहिलो प्राथमिकतामा पर्ने धारणा राख्नुभयो ।

पछिल्लो समय आदिवासी जनजातिको मातृभाषा लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले शेर्पाले भन्नुभयो, “हाम्रो प्रमुख विशेषता मातृभाषा हो । मातृभाषा रहेमा हामी रहन्छौँ । आज यहाँ कार्यक्रम सञ्चालकले मातृभाषाको प्रयोग गरेको भए उत्प्रेरणा मिल्थ्यो । हामीले भाषाको संरक्षणमा विशेष जोड दिन आवश्यक छ ।” संस्कार, संस्कृति, वेशभूषासँगै मातृभाषाको संरक्षणमा सबै एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपालका हरेक परिवर्तनमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण भएको उल्लेख गर्दै अध्यक्ष शेर्पाले अवसर भने अन्य समुदायको तुलनामा कम पाएकाले आगामी दिनमा उल्लेख्य सहभागिता जनाउनुपर्ने बताउनुभयो । “हाम्रो समुदायले प्रत्यक्ष रूपमा प्रकृतिसँग सरोकार राख्दछ । प्राकृतिक स्रोतसाधन बिना आदिवासी जनजातिको जीविकोपार्जन हुँदैन”, उहाँले भन्नुभयो, “हाम्रा हकअधिकार सुनिश्चित गराउन हामी सचेत हुन आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ

सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ

ढोरपाटन (बागलुङ), ३ फागुनः बागलुङको निसीखोला गाउँपालिका–६ सिंवाद्वार क्षेत्रमा लागेको आगो अझै निभाउन सकिएको छैन । शुक्रबार दिउँसो ...
पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

चितवन, ३ फागुनः नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल ...
यथाशीघ्र अध्यादेश अनुमोदन गर्ने सहमति

यथाशीघ्र अध्यादेश अनुमोदन गर्ने सहमति

काठमाडौं, ३ फागुनः सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेताहरुको आज प्रधानमन्त्री निवासमा सम्पन्न बैठकमा हालै जारी अध्यादेशहरू सङ्घ...
सङ्घीय शासन प्रणालीको अभ्यासमा देखिएका चुनौतीलाई पन्छाउँदै जानुपर्छ’

सङ्घीय शासन प्रणालीको अभ्यासमा देखिएका चुनौतीलाई पन्छाउँदै जानुपर्छ’

काठमाडौँ, ३ फागुनः संविधानसभाका सांसदहरूले सङ्घीय शासन प्रणाली नेपालका लागि नयाँ अभ्यास भएकाले कार्यान्वयनका क्रममा आउने विभिन्न च...