पोखरा स्वास्थ्य विज्ञानको पहिलो दीक्षान्त बिहीबार हुँदै

गण्डकी, २ माघः पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिहीबार हुने प्रथम दीक्षान्त समारोहमा ४३ जना विद्यार्थी दीक्षित हुने भएका छन् ।

प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुन लागेको दीक्षान्त समारोहमा ‘डक्टर अफ मेडिसिन/मास्टर अफ सर्जरी’ (एमडि÷एमएस) प्रथम र दोस्रो ब्याचका ४३ जना विद्यार्थी दीक्षित हुने प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिनुभयो ।

साविक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराको भौतिक संरचना एवं स्वास्थ्य सेवाको सुदृढ जगमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ बमोजिम प्रतिष्ठान स्थापना भएको थियो । चिकित्सा शिक्षासँग सम्बन्धित जनशक्ति उत्पादन र सेवाग्राहीको उपचारलाई प्रभावकारी रूपमा अघि बढाउन प्रयत्नशील प्रतिष्ठानले पहिलो दीक्षान्त समारोह गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्र...
     जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव  

     जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव  

पञ्चपुरी (सुर्खेत), ६ जेठ : खानेपानीमन्त्री प्रदीप यादवले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।...
  सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : उपमहासचिव पुन  

  सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : उपमहासचिव पुन  

कास्की, ६ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्रले अहिले सरकारलाई प्राथमिकताम...

सुर्खेत जाँदै गरेको बस म्याग्देमा दुर्घटना हुँदा २५ जना घाइते

दमौली (तनहुँ), ६ जेठः पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीमा आज दिउँसो यात्रुवाहक बस दुर्घटना ...