आगलागी पीडितलाई राहत वितरण

खाँदबारी (सङ्खुवासभा), ३ माघ : सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रविसे बजारका आगलागी पीडितलाई जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरण गरेको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी मोहणमणि घिमिरेको टोलीले आज बाह्रविसे पुगेर पीडितलाई नगद रु १५ हजार वितरण गरेको हो । नेपाल रेडक्रस सोसाइटीले त्रिपाल, कम्बल, भाँडावर्तन लगायतका सामग्री वितरण गरिएको हो । आगलागी पीडितमध्ये चार परिवारलाई जनही रु १५ हजार र पाँच जनाभन्दा बढी सदस्य भएका एक परिवारलाई रु २० हजार वितरण गरिएको सहायक प्रजिअ घिमिरेले बताउनुभयो ।

पीडितलाई जिल्लाको अलैँची व्यवसायी सङ्घले रु ५५ हजार र वितरक सङ्घले रु ६० हजार पाँच सय सहयोग गरेको सभापोखरी गाउँपालिकाका अध्यक्ष भीम लिम्बूले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले बुधबार साँझ दुई सेट ओड्ने ओछ्याउने, भान्सामा प्रयोग हुने सामग्री र खाद्यान्न वितरण गरिसकेको छ ।

बुधबार दिउँसो भएको आगलागीबाट रु दुई करोड बढीको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट बाह्रविसेमा पाँच घर जलेर नष्ट भएका छन् । आगोले घरभित्र रहेका गरगहना, लत्ताकपडा र खाद्यान्न नष्ट भएको अध्यक्ष लिम्बूले बताउनुभयो ।

आगलागीका कारण विद्युत् र सञ्चार सेवा पूर्णरुपमा बन्द भएको छ । आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बू, सुशील तामाङ र निर्मला कालाखेतीको घर जलेको प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो । आगलागीबाट पाँच घरका कम्तीमा १७ जना विस्थापित भएका छन् । उनीहरु हाल आफन्त र छिमेकहाँ बसेका छन् ।

बुधबार दिउँसो २ बजेदेखि रामबहादुर राईको घरबाट आगलागी सुरु भएको थियो । पाँचवटै ढुङ्गा माटोले बनेका घर हुन् । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा डेढ घण्टामा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण

नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण

२०८२ असार २, सोमबार नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण काठमाडौं ...
इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

असार २, २०८२ काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय य...
संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

२०८२ असार २ गते उनले भने, ‘हामी रत्नपार्कमा छौं कि शहीद गेटमा छौं कि, कलंकीमा छौं कि पोखरा चिप्लेढुंगामा छौं, मैले बुझ्न पाइनँ,...
बजेटमा राखिने योजना र कार्यक्रम आवश्यकताका आधारमा छनोट गर्नुपर्छ : सभापति सिंह

बजेटमा राखिने योजना र कार्यक्रम आवश्यकताका आधारमा छनोट गर्नुपर्छ : सभापति सिंह

काठमाडौँ — पूर्वाधार विकास समितिका अध्यक्ष दिपकबहादुर सिंहले आवश्यकताका आधारमा बजेटमा राखिने योजना र कार्यक्रम छनोट गर्नु पर्ने बत...