गाजा युद्धविराम: सहायता अवरोध हटाउनु अत्यावश्यक रहेको राष्ट्रसङ्घका प्रमुखको भनाइ

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गाजामा हालै भएको युद्धविरामले सहायता वितरणमा आइपर्ने अवरोध हटाउनु ‘अत्यावश्यक’ भएको बताउनुभएको छ ।

गुटेर्रेसले प्यालेस्टिनी भूभागको ‘अखण्डता’को सम्मान गर्न र शान्ति कायम गर्न सक्षम ‘एकीकृत’ प्यालेस्टिनी नेतृत्व सुनिश्चित गर्न दबाब दिन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो युद्धविरामले गाजाभरि सहायता वितरणमा महत्वपूर्ण सुरक्षा र राजनीतिक अवरोधहरू हटाउनु अत्यावश्यक छ । यसले तत्काल जीवन बचाउने मानवीय सहायतामा व्यापके वृद्धिका लागि सहयोग गर्न सम्भव हुनेछ।”

गुटेर्रेसले घातक द्वन्द्वमा युद्धविरामको आह्वानको नेतृत्व गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायले वितरण गरेको सहयोगसहित युद्धग्रस्त क्षेत्रमा निर्बाध रूपमा सहायता प्रवाहको लागि विश्व समुदायको ध्यानाकर्षण गर्नुभएको छ ।

राष्ट्रसङ्घका मानवीय सहायता प्रमुखले युद्धविरामले ‘आशा र अवसरको क्षण’ प्रदान गरेको बताउनुभएको छ ।

“हामी कुनै भ्रममा पर्नु हुँदैन कि बाँचेकाहरूलाई सहयोग प्राप्त गर्न अझै पनि कति गाह्रो हुनेछ। यो भन्दा बढी हुन सक्दैन,’ मानवीय सहायता प्रमुख टम फ्लेचरले एक विज्ञप्तिमा भन्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले यो सम्झौतालाई ‘लामो समयदेखि पर्खाइमा रहेको’ बताएको छ ।

युनिसेफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “युद्धले गाजाका बालबालिकामा भयानक क्षति पु¥याएको छ, जसमा कम्तीमा १४ हजार ५०० बालबालिकाको मृत्यु भएको छ, हजारौं घाइते भएका छन्, अनुमानित १७ हजार आफ्ना आमाबाबुबाट अलग्गिएका छन् र करिब १० लाख विस्थापित भएका छन् ।

गुटेर्रेसले पत्रकारहरूसँगको कुराकानीमा नयाँ सम्झौतालाई ‘महत्वपूर्ण पहिलो कदम’ भन्नुभएको छ ।

उहाँले भन्नुभयो, “हामीले कब्जा गरिएको प्यालेस्टिनी भूभागको एकता, निरन्तरता र अखण्डताको संरक्षणसहित व्यापक लक्ष्यहासिल गर्न सबै प्रयासलाई परिचालन गर्नैपर्छ ।”

उहाँले भन्नुभयो, “स्थायी शान्ति र स्थिरता हासिल गर्न प्यालेस्टिनी एकता आवश्यक छ र एकीकृत प्यालेस्टिनी शासनलाई उच्च प्राथमिकताको रूपमा रहनुपर्छ भन्ने कुरामा म जोड दिन्छु।”

गुटेर्रेसले द्वन्द्वमा रहेका सबै पक्षलाई प्यालेस्टिनी, इजरायली र व्यापक क्षेत्रको राम्रो भविष्य सुरक्षित गर्न, कब्जा अन्त्य गर्न र वार्ताद्वारा दुई–राज्य समाधान प्राप्त गर्न अवसरको सदुपयोग गर्न आह्वान गर्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले बुधबार इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको स्वागत गर्दै गाजामा स्वास्थ्यको आवश्यकता अझै व्यापक रहेको बताउनुभयो । उहाँले ‘शान्ति नै उत्तम औषधि हो’ भन्नुभयो ।

टेड्रोस अधानोम गेब्रेयससले एक्समा जारी सन्देशमा भन्नुभएको छ, “गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता स्वागतयोग्य र उत्साहजनक छ। सबै पक्षले सम्झौताको सम्मान गर्नेछन् र दिगो शान्तिका लागि काम गर्नेछन्।”

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

यथाशीघ्र अध्यादेश अनुमोदन करबाक सहमति

यथाशीघ्र अध्यादेश अनुमोदन करबाक सहमति

काठमाण्डू, ३ फागुनः सरकारमे सहभागी राजनीतिक दलसभक शीर्ष नेतासभ बीच आइ प्रधानमन्त्री निवासमे सम्पन्न भेल बैसारमे हालेँ जारी अध्यादे...
फयांफक्व याकनं अध्यादेश अनुमोदन यायेगु सहमति

फयांफक्व याकनं अध्यादेश अनुमोदन यायेगु सहमति

येँ, ३ सिल्लागा : सरकारय् ब्वति कयाच्वंगु राजनीतिक दलया शीर्ष नेतातय्गु थौं प्रधानमन्त्री निवासय् क्वचाःगु मुँज्याय् नकतिनि धइथें ...
हमासद्वारा थप तीन इजरायली बन्धक रिहा, रेडक्रसलाई जिम्मा लगाइयो

हमासद्वारा थप तीन इजरायली बन्धक रिहा, रेडक्रसलाई जिम्मा लगाइयो

गाजास्थित इस्लामिक लडाकू समूह (हमास)ले शनिबार थप तीन जना इजरायली बन्धकहरूलाई रिहा गर्दै रेडक्रसको जिम्मा लगाएका छन् । ...
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

काठमाडौँ, २६ माघ : काठमाडौँको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी...