मुख्यमन्त्री शाहद्वारा ‘ट्रफी’ अनावरण

सुदूरपश्चिम, ३ माघ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीमा आयोजना हुने ‘अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता’को ट्रफी आज अनावरण गर्नुभएको छ ।

मुख्यमन्त्री शाहले अर्जुन ट्रफी जस्ता प्रतियोगिताको आयोजनाले खेलप्रेमीमा हौसला बढ्ने भई समग्र क्रिकेट खेलको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार सक्दो सहयोग गर्न तयार छ ।”

धनगढीको फाप्ला क्रिकेट मैदानमा यही माघ १९ गतेदेखि २८ सम्म अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । ट्रफी अनावरणकै क्रममा धनगढी क्रिकेट एकेडेमीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइयो । धनगढीको क्रिकेट विकासमा महत्वपूर्ण योगदान दिनुभएका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

यसवर्षदेखि नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक ‘क्यालेण्डर’ मा समावेश गरेर उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको प्रतियोगिताका आयोजक ‘गो ड्रिमर्स’ का अध्यक्ष सुवाश शाहीले जानकारी दिनुभयो । प्रतियोगिताका लागि फाप्ला क्रिकेट मैदानमा प्यारापिटसमेत निर्माण गरिएको छ ।

प्रतियोगिताको विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाखसहित ट्रफी पाउने छन् । सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख तथा उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीलाई जनही रु ५० हजार पुरस्कार प्रदान गरिने छ । प्रत्येक खेलको ‘म्यान आफ दि म्याच’ लाई रु १० हजार पुरस्कार प्रदान गरिने छ । लिगकम नकआउटका आधारमा खेलाइने उक्त प्रतियोगितामा देशभरका आठ टोलीको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

काठमाडौँ, २६ माघ : काठमाडौँको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी...
कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषिमन्त्रीको आग्रह

कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषिमन्त्रीको आग्रह

मध्यविन्दु (नवलपरासी), २६ माघ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषकलाई आग्रह...
British Prince couple attends parade in Pokhara

British Prince couple attends parade in Pokhara

Gandaki, Feb 7: British Prince, Edward, Duke of Edinburgh, and Princess Sophie, Duchess of Edinburgh, observed a parade presented ...
Construction of Asian Highway picks up momentum

Construction of Asian Highway picks up momentum

Belbari (Morang), Feb 7: The construction of the Asian Highway, which has been moved forward with the main objective of connecting...