यु–१६ युथ लिग: सङ्कटाले आर्मीलाई हरायो

काठमाडौँ, ३ माघः राजधानीमा जारीे एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगताअन्र्गत आज भएको खेलमा सङ्कटा क्लबले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालय मैदानमा भएको खेलमा सङ्कटाले आर्मीलाई ३–० गोलअन्तरले पराजित गरेको हो । जितसँगै सङ्कटाले चार खेलबाट सात अङ्क जोडेको छ भने पाँचौ खेलमा पराजित आर्मी अङ्कविहीन छ ।

सङ्कटाको जितमा एल्सन राई, गुन्डस सुनुवार र पेम्बा तामाङले एक÷एक गोल गरे । खेलको २१औँ मिनेटमा एल्सनको गोलमार्फत सङ्कटाले पहिलो अग्रता लियो । त्यस्तै खेलको २५औँ मिनेटमा गुन्डसले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ८३ औँ मिनेटमा पेम्बाले थप एक गोल गर्दै सङ्कटालाई आर्मीविरुद्ध सहज जित दिलाए ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ

इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दश जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको ...

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको प्रा...

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौ जनाको मृत्यु भएको...

अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित: ट्रम्प

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष ...