राजस्व सङ्कलन बढ्यो

भद्रपुर (झापा), ३ माघः आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१÷८२ को छ महिनामा गत आवको सोही अवधिको तुलनामा १२ दशमलव ३७ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका अनुसार चालु आवको समीक्षा अवधिमा रु एक अर्ब ५१ करोड ७२ लाख ९७ हजार राजस्व सङ्कलन भएको छ भने गत आवको सोही अवधिमा रु एक अर्ब ३५ करोड तीन लाख राजस्व सङ्कलन भएको थियो । कार्यालयले चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको अधिकृत ज्ञानेन्द्र राईले जानकारी दिनुभयो ।

“चालु आवको छ महिनामा रु एक अर्ब ८८ करोड ५८ लाख २१ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ८० दशमलव ४६ प्रतिशत राजस्व सङ्कलन भयो”, उहाँले भन्नुभयो “चालु आवको पहिलो छ महिनामा गत आवको सोही अवधिको तुलनामा राजस्व असुली बढे पनि चालु आवमा राजस्व असुलीको लक्ष्य बढेर आएकोले सो अनुसार सङ्कलन हुनसकेन” ।

कार्यालयले समीक्षा अवधिमा आयकरबाट रु ६६ करोड ३१ लाख ४८ हजार, ब्याजबापत रु चार करोड ७५ लाख ९६ हजार, मूल्य अभिवृद्धि करबापत ५२ करोड २० लाख ३० हजार अन्तःशुल्क बापत रु २६ करोड ५० लाख पाँच हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले राजस्व सङकलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको कर अधिकृत राईले बताउनुभयो ।

उहाँका अनुसार स्थानीय उद्योग वाणिज्य सङ्घको समन्वयमा निरन्तर करदाता शिक्षा कार्यक्रम, स्थानीय तहसँगको समन्वयमा प्यानमा दर्ता नभएका साना व्यवसायीका लागि तालिम सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ

इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दश जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको ...

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको प्रा...

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौ जनाको मृत्यु भएको...

अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित: ट्रम्प

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष ...