किएभमा गरिएको रूसी आक्रमणका कारण चार जनाको मृत्यु

युक्रेनको राजधानी किएभमा शनिबार भएको रुसी आक्रमणमा परी चार जनाको मृत्यु भएको युक्रेनका विदेशमन्त्रीले बताएका छन् ।

आक्रमणमा परी कम्तीमा तीन जना घाइते भएका छन् भने दक्षिणी शहर जापोरिजियामा राति भएको अर्को आक्रमणमा परी कम्तीमा १० जना घाइते भएको क्षेत्रीय गभर्नरले जानकारी दिएका छन् ।

किएभलाई अक्सर रूसी ड्रोन र क्षेप्यास्त्रहरूद्वारा लक्षित गरिएपनि राजधानीमा विरलै मृत्युहरू हुने गरेका छन् किनकि राजधानीलाई सुरक्षित गर्न युक्रेनी वायु रक्षा प्रणालीद्वारा अत्यधिक संरक्षित गरिएको छ । देशका अन्य स्थानहरूको तुलनामा किएभमा आक्रमणहरू रोक्न युक्रेनी सुरक्षा संयन्त्र सक्षम छ।

किएभको सैन्य प्रशासनका प्रमुख टिमुर स्काचेन्कोले राजधानीको एक केन्द्रीय क्षेत्रतर्फ सङ्केत गर्दै टेलिग्राम पोस्टमा भन्नुभएको छ, “शेभचेन्किभ्स्की जिल्लामा चार जनाको मृत्यु भइसकेको छ ।”

युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिगाले सामाजिक सञ्जालमा आक्रमणप्रति आक्रोस व्यक्त गर्दै लेख्नुभएको छ, “पुटिन शान्ति होइन, युद्ध चाहन्छन् भन्ने यो अर्को प्रमाण हो ।”

उहाँले भन्नुभयो, “अधिकतम आर्थिक र सैन्य दबाबका माध्यमबाट न्यायपूर्ण शान्ति स्वीकार्न बाध्य पार्नुपर्छ ।”

युक्रेनी वायु सेनाले दुई वटा इस्केन्डर ब्यालेस्टिक क्षेप्यास्त्र र २४ वटा रुसी ड्रोनलाई खसालेको जनाएको छ ।

तर खसालिएका क्षेप्यास्त्रहरू किएभको मध्य शेभचेन्किभ्स्की जिल्लामा ‘खसेको’ र औद्योगिक भवन, मेट्रो र आवासीय भवनसहितका क्षेत्रमा क्षति पुगेको र अस्थायी रूपमा स्थानीय पानी आपूर्तिमा क्षति पुगेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्र...
     जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव  

     जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव  

पञ्चपुरी (सुर्खेत), ६ जेठ : खानेपानीमन्त्री प्रदीप यादवले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।...
  सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : उपमहासचिव पुन  

  सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : उपमहासचिव पुन  

कास्की, ६ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्रले अहिले सरकारलाई प्राथमिकताम...

सुर्खेत जाँदै गरेको बस म्याग्देमा दुर्घटना हुँदा २५ जना घाइते

दमौली (तनहुँ), ६ जेठः पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीमा आज दिउँसो यात्रुवाहक बस दुर्घटना ...