बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले शनिबार ३३ जना राजनीतिक बन्दीको आममाफी दिने निर्णय गर्नुभएको छ ।
आफ्ना आलोचक, पश्चिमा र स्वतन्त्र अधिकारवादी समूहले उहाँका एकपक्षीय कामविरूद्ध प्रदर्शनबाहेक अरू केही नगरेपछि सन् १९९४ देखि सत्तामा रहेका नेता लुकासेन्कोले आगामी सप्ताहन्तमा आफ्नो शासन लम्ब्याउने कसरत गरिरहेका समय यो निर्णय आएको हो ।
लुकासेन्को र बेलासको दङ्गा प्रहरीले सन् २०२० मा भएको राष्ट्रपतीय चुनावमा धाँधली भएको व्यापक आरोपको विरोधमा सडकमा उत्रिएका दशौं हजार प्रदर्शनकारीमाथि कडा कारबाही गरेको थियो ।
अधिकारवादी समूहका अनुसार सन् २०२० मा लुकाशेन्कोका विरोधी र प्रदर्शनकारी नेतासहित एक हजारभन्दा बढी राजनीतिक बन्दीलाई पक्राउ गरिएको छ ।
शनिबार उहाँले तीन महिला र ३० पुरुष गरी ३३ जनालाई माफी दिन्ुभ्उक्ँे ह्ँे । उनीहरूलाई अधिकारीहरूले ‘अतिवादी गतिविधि’ गरेको अभियोगमा जेल सजाय सुनाइएको थियो ।
जनवरी २६ मा हुन लागेको मतदानको दौडानमा आफुलाई उदारवादी नेता पुष्टि गर्न उहाँले विगत ६ महिनामा २०० भन्दा बढी व्यक्तिहरूलाई क्षमादान दिई रिहा गर्ने आदेश गर्नुभएको छ ।
लुकासेन्कोले निर्वाचनमा कुनै वास्तविक प्रतिस्पर्धाको सामना गर्नु पर्ने छैन र गत हप्ता एक कारखानाको भ्रमणको क्रममा उहाँले बहस सञ्चालन गर्नुको कुनै अर्थ नदेखेको र वास्तवमा चुनावी अभियानलाई पछ्याइरहेको बताउनुभएको थियो ।
शनिबारको क्षमादानमा रिहा भएकाहरूको पहिचान सार्वजनिक गरिएको छैन र तीमध्ये कोही पनि देशको विपक्षमा रहेका प्रमुख व्यक्तिहरू हुन् वा होइनन् भन्ने स्पष्ट भएको छैन।
राजनीतिक कैदीहरूलाई कठिन परिस्थितिमा राखिएको छ, उनीहरूलाई प्रायः वकिलहरूको पहुँच वा बाहिरका आफन्तहरूसँग सम्पर्क गर्न इन्कार गरिन्छ।