भारतको बिहारमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु, चार बेपत्ता

भारतको पूर्वी राज्य बिहारमा आइतबार एक डुङ्गा पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका अधिकारीहरूले बताएका छन् ।

बिहारको राजधानी पटनाबाट करिब ३२५ किलोमिटर पूर्वमा कटिहार जिल्लाको मनिहारी क्षेत्रमा रहेको गङ्गा नदीमा डुङ्गा पल्टिएको हो । अधिकारीहरुका अनुसार केही मानिसहरु पौडी खेलेर सुरक्षित स्थानमा पुगेका थिए ।

एक प्रहरी अधिकारीले भन्नुभयो,“आज यहाँको गङ्गा नदीमा १७ जना बोकेको डुङ्गा पल्टिएको छ । हामीले तीन जनाको शव निकालेका छौँ र चारजना बेपत्ता छन्, जसको खोजी कार्य जारी छ ।”

प्रहरीका अनुसार मारिनेहरू स्थानीय किसानहरू हुन्, जसले बिहान आफ्नो खेतमा पुग्न डुङ्गा प्रयोग गरेका थिए । बेपत्ताहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।

भारतमा डुङ्गा पल्टिने घटनाहरू सामान्य छन् । यहाँ धेरै मानिसहरू विशेष गरी ग्रामीण क्षेत्रका मानिसहरूले परम्परागत रूपमा बनाइएका डुङ्गाहरूलाई यातायातको माध्यमको रूपमा प्रयोग गर्छन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्र...
     जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव  

     जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव  

पञ्चपुरी (सुर्खेत), ६ जेठ : खानेपानीमन्त्री प्रदीप यादवले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।...
  सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : उपमहासचिव पुन  

  सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : उपमहासचिव पुन  

कास्की, ६ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्रले अहिले सरकारलाई प्राथमिकताम...

सुर्खेत जाँदै गरेको बस म्याग्देमा दुर्घटना हुँदा २५ जना घाइते

दमौली (तनहुँ), ६ जेठः पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीमा आज दिउँसो यात्रुवाहक बस दुर्घटना ...