शेन्झाउ–१९ चालक दल दोस्रो बाह्य गतिविधिको लागि तयार

चीनको अन्तरिक्ष स्टेशनमा रहेको शेन्झाउ–१९ चालक दलका सदस्यहरूले आगामी केही दिनभित्रै आफ्नो दोस्रो एक्स्ट्रावेहिक्युलर गतिविधि (इभिए) सञ्चालन गर्ने चीन मानव अन्तरिक्ष एजेन्सी (सीएमएसए) ले आइतबार घोषणा गरेको छ । इभिए अन्तरिक्ष यान बाहिर अन्तरिक्षमा अन्तरिक्ष यात्रीले गरेको कुनै पनि गतिविधि हो ।

सन् २०२४ डिसेम्बर १७ मा आफ्नो पहिलो स्पेसवाक पूरा गरेदेखि चालक दलले अन्तरिक्ष स्टेशन उपकरणहरूको निरीक्षण र मर्मत, आपतकालीन अभ्यास र दोस्रो इभिएको तयारी सहित धेरै कार्यहरू गरेको छ ।

सीएमएसएले चालक दलले अन्तरिक्ष सामग्री विज्ञान, अन्तरिक्ष जीवन विज्ञान र एयरोस्पेस चिकित्सा जस्ता क्षेत्रमा प्रगति गरेको जनाएको छ ।

एजेन्सीले तीन शेन्झाउ–१९ चालक दलका सदस्यहरू स्वस्थ रहेका पुष्टि गरेको छ ।

हाल स्पेस स्टेसन सहज रूपमा सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *