आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण

टक्सार (भोजपुर), ७ माघ : ज्ञान, सीप र दक्षता अभिवृद्धि गरी कृषि प्रविधि हस्तान्तरणमा सहयोग पु¥याउने उद्देश्यले यहाँका आमा समूहलाई निःशुल्क प्रशिक्षण सुरु गरिएको छ ।

भोजपुर नगरपालिका–५, बोखिमका आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण दिन थालिएको हो । सुम्निमा बहुप्राविधिक शिक्षालयको आयोजनामा वडा कार्यालय र पञ्चकन्या स्वास्थ्य आमा समूह बोखिमको समन्वयमा आइतबारदेखि उद्यमशीलता विकास तथा जीविकोपार्जनका लागि प्रशिक्षण सुरु गरिएको वडाध्यक्ष फबिन्द्र प्रधानले जानकारी दिनुभयो । वडाध्यक्ष प्रधानले भन्नुभयो, “आत्मनिर्भर वडाको परिकल्पना र मर्मअनुरुप प्रशिक्षणले सार्थकता दिनेछ ।”

आधारभूत तहको एक सय ६० घण्टाको सामुदायिक कृषि सहायक सीपमूलक प्रशिक्षण सुरु गरिएको सुम्निमा बहुप्राविधिक शिक्षालयका प्रमुख राजीवकुमार ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो, “आमा समूहमा आबद्ध सदस्यहरुलाई लक्षित गरी प्रशिक्षण थालिएको हो, यसले समूह सदस्यहरुको क्षमता अभिवृद्धिमा मद्दत पुग्छ ।”

प्रशिक्षणमा २० जना आमाहरुको सहभागिता रहेको छ । २८ दिनसम्म प्रशिक्षण सञ्चालन हुने शिक्षालयका कृषि कार्यक्रम संयोजक तथा प्रशिक्षक प्रमोद राईले जानकारी दिनुभयो । पञ्चकन्या स्वास्थ्य आमा समूह अध्यक्ष भगवती श्रेष्ठले समूहमा आबद्ध सदस्यहरुका लागि प्रशिक्षण प्रभावकारी हुने र यसले आगामी दिनमा सक्रिय बन्न प्रेरणा दिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

फयांफक्व याकनं अध्यादेश अनुमोदन यायेगु सहमति

फयांफक्व याकनं अध्यादेश अनुमोदन यायेगु सहमति

येँ, ३ सिल्लागा : सरकारय् ब्वति कयाच्वंगु राजनीतिक दलया शीर्ष नेतातय्गु थौं प्रधानमन्त्री निवासय् क्वचाःगु मुँज्याय् नकतिनि धइथें ...
हमासद्वारा थप तीन इजरायली बन्धक रिहा, रेडक्रसलाई जिम्मा लगाइयो

हमासद्वारा थप तीन इजरायली बन्धक रिहा, रेडक्रसलाई जिम्मा लगाइयो

गाजास्थित इस्लामिक लडाकू समूह (हमास)ले शनिबार थप तीन जना इजरायली बन्धकहरूलाई रिहा गर्दै रेडक्रसको जिम्मा लगाएका छन् । ...
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

काठमाडौँ, २६ माघ : काठमाडौँको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी...
कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषिमन्त्रीको आग्रह

कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषिमन्त्रीको आग्रह

मध्यविन्दु (नवलपरासी), २६ माघ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषकलाई आग्रह...