ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा

डोनाल्ड ट्रम्प अवैध आप्रवासीहरूको सामूहिक निर्वासन गर्ने योजनाका साथ ह्वाइट हाउसमा फर्कने एक दिनअघि मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबमले आइतबार अमेरिकामा बसोबास गर्ने आफ्ना देशका नागरिकहरूको रक्षा गर्ने वाचा गर्नुभएको छ ।

“भोलिदेखि राष्ट्रपति ट्रम्पसँग सुरु हुने यो नयाँ कालखण्डमा : पहिलो, हामी त्यहाँका मेक्सिकालीहरूको रक्षा गर्नेछौँ”, सेनबमले मध्य राज्य पुएब्लामा आयोजित एक कार्यक्रममा भन्नुभयो ।

उहाँले संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने कागजातविहीन आप्रवासीहरूलाई निर्वासित गर्ने आगामी अमेरिकी राष्ट्रपतिको योजनालाई सङ्केत गर्नुभयो तर स्पष्ट रूपमा उल्लेख गर्नुभएन । यसमा लाखौँ मेक्सिकाली समावेश हुनेछन् ।

आफ्नो सरकारले संयुक्त राज्य अमेरिकामा रहेका मेक्सिकोका लगभग ५० वटा वाणिज्य दूतावास कार्यालयमार्फत आप्रवासीहरूलाई सहयोग प्रदान गर्न वकिलहरू नियुक्त गरेको उहाँले जानकारी दिनुभयो ।

“यदि उनीहरूले मेक्सिको फर्कने वा मेक्सिको आउने निर्णय गरे भने उनीहरूलाई यहाँ खुला हातले स्वागत गरिने छ”, सेनबमले भन्नुभयो ।

यद्यपि वामपन्थी राष्ट्रपतिले उहाँको पूर्ववर्ती एवं सल्लाहकार एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरको सन् २०१७ देखि २०२१ सम्म रिपब्लिकनको पहिलो कार्यकालमा ट्रम्पसँग ‘राम्रो सम्बन्ध’ भएको उल्लेख गर्नुभयो ।

“त्यसैले हामी राम्रो समझदारीमा पुग्नेछौँ भन्ने मलाई लाग्छ”, सेनबमले भन्नुभयो, “तर जे भए पनि, यसलाई राम्ररी बुझियोस्, टाढासम्म सुनियोस : मेक्सिको कसैको उपनिवेश होइन, कसैको संरक्षित राज्य होइन ।”

आफ्नो कार्यालयमा फर्कने क्रममा ट्रम्पले मेक्सिकोलाई बारम्बार हप्काउनुभएको छ । साथै उहाँले मेक्सिकोले सीमा पार गर्ने अवैध आप्रवासी र लागूपदार्थको प्रवाह नरोकेसम्म संयुक्त राज्य अमेरिकाका सबैभन्दा ठूला व्यापारिक साझेदारहरू मध्ये एकबाट आयातमा कडा शुल्क लगाउने धम्की दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ...
घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । नेप...
असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असार २७, २०८२ काठमाडौँ — ठाउँठाउँमा भारी वर्षापछि बाढीपहिरोले विध्वंश मच्चाउँदा मधेश प्रदेशलाई भने सुक्खाग्रस्त घोषणा गरिएको छ ...
मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

असार २७, २०८२ काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष ०८२/०८३ को मौद्रिक नीति घोषणा गरिरहेका छन् । ...