सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि चीनले अमेरिकासँग सहकार्य गर्न तयार: चिनियाँ उपराष्ट्रपति

चीनका उपराष्ट्रपति हान झेङले चीन र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धको स्वस्थ र दिगो विकासमा चीन सदैव प्रतिबद्ध रहेको जनाउनुभएको छ ।

चिनियाँ उपराष्ट्रपति हानले अमेरिकाका नवनिर्वाचित उपराष्ट्रपति जेडी भान्ससँगको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको महत्वपूर्ण सहमतिलाई पालना गर्न चीन सधैँ तयार रहेको बताउनुभएको हो । उहाँले राष्ट्रप्रमुखको कूटनीतिको रणनीतिक मार्गनिर्देशनको पालना गर्न चीनले अमेरिकासँग मिलेर काम गर्ने बताउनुभयो ।

अमेरिकी पक्षको निमन्त्रणामा सीको विशेष प्रतिनिधिका रूपमा सोमबार ट्रम्पको शपथ ग्रहण समारोहमा भाग लिन हान वासिङ्टन डिसी पुग्नुभएको छ । भान्ससँगको भेटमा हानले सर्वप्रथम ट्रम्पलाई सीको शुभकामना सुनाउनुभएको थियो भने र भान्सलाई अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिनुभएको थियो ।

हानले भन्नुभयो, “जबसम्म दुवै पक्षले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवैको हितका लागि सहकार्यको सिद्धान्तलाई कायम राख्छन्, तबसम्म उनीहरूले एकअर्काको प्रगतिमा योगदान पुर्याउनेछन्, दुई देशलाई फाइदा पु¥याउनेछन् र विश्व शान्ति र विकासमा महत्वपूर्ण योगदान दिनेछन् ।” उहाँले आर्थिक र व्यापारिक सम्बन्ध दुवै पक्षका साझा चासोका महत्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो ।

चीन र संयुक्त राज्य अमेरिकाबीच मतभेद र तनावका बावजुद, उनीहरूले व्यापक साझा हित र स्थानका लागि काम गरेका छन् र दुवै पक्षले यस सम्बन्धमा संवाद र परामर्शलाई बलियो बनाउन सहकार्य गर्ने हानले उपराष्ट्रपति भान्ससँगको भेतवार्तामा बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्र...
     जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव  

     जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव  

पञ्चपुरी (सुर्खेत), ६ जेठ : खानेपानीमन्त्री प्रदीप यादवले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।...
  सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : उपमहासचिव पुन  

  सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : उपमहासचिव पुन  

कास्की, ६ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्रले अहिले सरकारलाई प्राथमिकताम...

सुर्खेत जाँदै गरेको बस म्याग्देमा दुर्घटना हुँदा २५ जना घाइते

दमौली (तनहुँ), ६ जेठः पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीमा आज दिउँसो यात्रुवाहक बस दुर्घटना ...