सहयोग रकम जुटाएर स्वास्थ्य चौकी भवन निर्माण

म्याग्दी, ७ माघ : यहाँको बेनी नगरपालिका–९ स्थित घतानमा सामुुदायिक वनको घाँसदाउरा बेचेको, मन्दिरको भेटीका, सरकारी निकाय र दाताको सहयोग जुटाएर स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । रु १५ लाखको वडास्तरीय विपद् व्यवस्थापन कोष स्थापना गर्नाका साथै रु नौ लाख २४ हजारको लागतमा स्वास्थ्य चौकीको दुईकोठे भवन निर्माण गरिएको हो ।

बेनी नगरपालिका–९ का पूर्ववडाध्यक्ष बेलबहादुर चोखालले सरकारी निकाय र समुदायस्तरबाट सहयोग जुटाएर भवन निर्माण र अक्षयकोष स्थापना गरिएको बताउनुभयो । “विसं २०७६ मा समुदायस्तरबाट सङ्कलित रु दुई लाख ६० हजारबाट भवन निर्माण थालिएको थियो,” उहाँले भन्नुभयो, “भवन निर्माणलाई पूर्णता दिन जिल्ला समन्वय समितिले रु पाँच लाख, गलेश्वर मन्दिरबाट रु एक लाख र सातवटा सामुदायिक वन उपभोक्ता समूहले रु ५७ हजार सहयोग गरेका छन् ।”

गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरको भेटी र सामुदायिक वन उपभोक्ता समूहले घाँस, दाउरा र काठ बिक्रीबाट भएको आम्दानी भवन निर्माणमा सहयोग गरेको चोखालले बताउनुभयो ।

वडाध्यक्ष चक्र केसीले समुदायस्तरबाट सङ्कलितरु १५ लाखको विपद् कोष स्थापना भएको र सोको परिचालनका लागि विधान बनाएर संस्था दर्ता प्रक्रियामा रहेको बताउनुभयो । वडाअध्यक्षको संयोजकत्वमा विपद् कोष बनाइएको छ । यसअघि एकतले तीनकोठे पुुरानो भवनमा स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको थियो ।

साँघुुरो भवनमा सेवा प्रवाहमा समस्या भएपछि पहिलो तलामा दुईवटा पक्की कोठा बनाइएको हो । भवनको आइतबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा भवन निर्माण र वडास्तरीय विपद् व्यवस्थापन कोष स्थापनाका लागि सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा नेपालले वैदेशिक रोज...
संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं आज बसेको संघीय संसदको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पा...
रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

 ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: रसुवा रसुवा जिल्लाको रसुवागढी सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर आएको भीषण बाढी...
थुनिएको म्याग्दी नदी बग्न थाल्यो

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी, २५ असार धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग...