सामाजिक सञ्जालबाट यौन दुव्र्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, ९ माघ : काठमाडौँ प्रहरीले सामाजिक सञ्जालबाट यौन दुव्र्यवहार गर्ने एक युवकलाई पक्राउ गरेको छ । इन्ड्राइभ यात्राका क्रममा प्राप्त गरेको महिला यात्रीको मोबाइल नम्बरमार्फत यौन दुव्र्यवहार गर्ने चितवनको नारायणी नगरपालिका वडा नं ४ का २५ वर्षीय प्रविन बराललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पूर्णिमाकुमारी चन्दले जानकारी दिनुभयो ।
महिलाको उजुरीपश्चात् खोजतलास गर्ने क्रममा चन्द्रागिरि नगरपालिका वडा नं ४ बाट पक्राउ परेका युवकलाई आज प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा निजले यसअघि पनि इन्ड्राइभ सिटी टु सिटी सर्भिसका लागि विभिन्न मानिससँग अग्रिम रकम लिइ सम्पर्कविहीन हुने गरेकोसमेत खुल्न आएको प्रहरी नायब उपरीक्षक च...









