एकीकृत खानेपानी आयोजना कार्यान्वयन मोडालिटी तयारीसम्बन्धी छलफल

काठमाडौँ, ९ माघः खानेपानीमन्त्री प्रदीप यादव तथा एसियाली विकास बैंक (एडिबी) का नेपालका लागि देशीय निर्देशक आर्नो कोस्वाबीच आज एकीकृत खानेपानी आयोजना कार्यान्वयन मोडालिटी तयारीसम्बन्धी छलफल भएको छ ।

उक्त छलफलमा सुधारिएको सहरी खानेपानीको मोडल तथा सुधारिएको क्षेत्रीय सहरी विकास परियोजना (आरयुडिपी) मोडल गरी दुई वटा मोडलका विषयमा छलफल गरिएको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त परियोजनाका विषयमा विगत दुई वर्षदेखि विषय उठान गरिए पनि आज मन्त्रालयका पदाधिकारी एवं एडिबीका प्रतिनिधिबीच छलफल भएको हो ।

छलफलका क्रममा मन्त्री यादवले एडिबीको ऋण सहयोगमा नेपालमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा जीवनशैली परिर्वतन गर्ने क्षेत्रमा ठूला परियोजना सञ्चालन भइरहेकाले एडिबीको काम एवं परियोजनाप्रति नेपाली नागरिक पूर्णरुपमा सन्तुष्ट रहेको बताउनुभयो ।

नेपालका लागि एडिबीका देशीय निर्देशक आर्नो कोस्वाले एडिबीको ऋण सहयोगमा नेपालमा विगतदेखि खानेपानी लगायतका विभिन्न क्षेत्रमा ठूला परियोजना सञ्चालन भइरहेको तथा एडिबीले सञ्चालन गरेका परियोजना समयमै सम्पन्न भई नागरिकले शुद्ध खानेपानी पाउन भन्ने उद्देश्य रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण

नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण

२०८२ असार २, सोमबार नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण काठमाडौं ...
इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

असार २, २०८२ काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय य...
संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

२०८२ असार २ गते उनले भने, ‘हामी रत्नपार्कमा छौं कि शहीद गेटमा छौं कि, कलंकीमा छौं कि पोखरा चिप्लेढुंगामा छौं, मैले बुझ्न पाइनँ,...
बजेटमा राखिने योजना र कार्यक्रम आवश्यकताका आधारमा छनोट गर्नुपर्छ : सभापति सिंह

बजेटमा राखिने योजना र कार्यक्रम आवश्यकताका आधारमा छनोट गर्नुपर्छ : सभापति सिंह

काठमाडौँ — पूर्वाधार विकास समितिका अध्यक्ष दिपकबहादुर सिंहले आवश्यकताका आधारमा बजेटमा राखिने योजना र कार्यक्रम छनोट गर्नु पर्ने बत...