प्रदेश लोकसेवा आयोगप्रति जनविश्वास : प्रदेश प्रमुख खापुङ

मोरङ, ९ माघः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोक सेवा आयोगप्रति जनविश्वास रहको बताउनुभएको छ । प्रदेश लोकसेवा आयोगको पाँचौँ वार्षिकोत्सव समारोहको आज उद्घाटन गर्दै उहाँले सार्वजनिक प्रशासन सेवामार्फत देश जनताको सेवाका लागि दक्ष जनशक्ति सिफारिस गर्न आयोगको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

प्रदेश प्रमुख खापुङले आयोगले आगामी दिनमा जनताप्रति उत्तरदायी हुन सक्षम, सुदृढ र सबल कर्मचारी छनोटमा अझ चनाखो भई काम गर्न सुझाव दिनुभयो ।

प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश लोकसेवा आयोगले मर्यादा र उचाई वृद्धि गरी उत्कृष्ट परिणाम दिन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले आगामी ५० वर्षपछि सम्मका लागि ध्यानमा राखी आयोगको अत्याधुनिक भवन निर्माण आगामी वर्षदेखि सुरु गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले प्रदेश लोकसेवा आयोगलाई बलियो बनाइ जनतामा आकर्षण वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेशमा जनतामैत्री कानुन ल्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले आयोगको निष्पक्ष कार्यले दुर्गम क्षेत्रका युवा उच्च पदमा आउन सफल भएको बताउनुभयो ।

आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईं, सदस्य सजना दाहाल, टीकादत्त राई, सचिव तीर्थप्रसाद धिताल र प्रा कृष्ण पोखरेलले आयोगले गोपनियताका कायम राखी निष्पक्ष, निर्विवाद ढङ्गले कार्य गरिरहेको बताउनुभयो ।

सोही अवसरमा प्रदेश प्रमुख खापुङलगायतले आयोगद्वारा प्रकाशित स्मारिकाको विमोचन गर्नुभयो । आयोगमा हालसम्म तीन लाख ३८ हजार तीन सय ४३ ले विभिन्न पदका लागि दरखास्त दिएका छन्, भने दुई हजार एक सय दुई जनालाई विभिन्न पदमा नियुक्ति सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

काठमाडौँ, २६ माघ : काठमाडौँको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी...
कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषिमन्त्रीको आग्रह

कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषिमन्त्रीको आग्रह

मध्यविन्दु (नवलपरासी), २६ माघ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषकलाई आग्रह...
British Prince couple attends parade in Pokhara

British Prince couple attends parade in Pokhara

Gandaki, Feb 7: British Prince, Edward, Duke of Edinburgh, and Princess Sophie, Duchess of Edinburgh, observed a parade presented ...
Construction of Asian Highway picks up momentum

Construction of Asian Highway picks up momentum

Belbari (Morang), Feb 7: The construction of the Asian Highway, which has been moved forward with the main objective of connecting...