बागलुङमा ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया

गलकोट (बागलुङ), ९ माघः बागलुङमा प्रविधिको प्रयोगबाट पहिलो पटक आँखाको शल्यक्रिया गर्न थालिएको छ । नेपाल नेत्रज्योति सङ्घ बागलुङ र धौलागिरि आँखा अस्पतालद्वारा ‘फेको’ प्रविधिबाट मोतियाबिन्दु भएका बिरामीकोे शल्यक्रिया गर्ने कार्यको शुभारम्भ गरिएको हो ।आखाँको छेउमै सानो प्वाल पार्ने र कम्प्युटरबाट हेरेर शल्यक्रिया गर्ने प्रविधि नै फेको प्रविधि हो ।

अत्याधुनिक प्रविधिद्वारा गरिने आँखाको शल्यक्रिया सरल ढङ्गले गर्न सकिने नेत्रज्योति सङ्घ बागलुङका सभापति बिन्दु सागर राजभण्डारीले जानकारी दिनभयो । उहाँले संस्थाको पहलमा आँखाको शल्यक्रिया गर्ने उक्त फेको प्रविधि भित्र्याइएको बताउनुभयो ।

फेको प्रविधिबाट आँखाको शल्यक्रिया गर्दा समय र खर्च दुवै बचत हुने गरेको धौलागिरि आँखा अस्पताल बागलुङका जलबिन्दु तथा नेत्ररोग विशेषज्ञ डा अनिल पराजुलीले बताउनुभयो । उहाँले यो प्रविधि धौलागिरिमै नयाँ र पहिलो भएको बताउनुभयो ।

“आँखाको समस्या कम्प्युटरबाट हेर्न सकिन्छ, फेको प्रविधिबाट शल्यक्रिया गर्दा समय र खर्च दुवैको बचत हुन्छ, आँखाको समस्या कम्प्युटरबाटै पहिचान गर्न सकिन्छ”, डा पराजुलीले भन्नुभयो, “पहिला–पहिला आँखा चिरेर शल्यक्रिया गरिन्थ्यो, अहिले आखाँको छेउमै सानो प्वाल पार्ने र कम्प्युटरबाट हेरेर शल्यक्रिया गर्ने प्रविधि नै फेको प्रविधि हो ।”

शल्यक्रियाको भोलिपल्टै घाउ निको हुने उहाँको भनाइ छ । बिना चिरफार गरिने शल्यक्रियाले बिरामीलाई सहज बनाउने नेत्रज्योति सङ्घ बागलुङका सचिव युक्तजङ्ग राजभण्डारीले जानकारी दिनुभयो । शल्यक्रिया हरेक महिना १ देखि १५ गतेसम्म गरिने छ भने अन्य १५ दिन गाउँ–गाउँमा पुगेर शिविरमार्फत शल्यक्रियाका लागि बिरामी ‘रिफर’ गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

काठमाडौँ, २६ माघ : काठमाडौँको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी...
कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषिमन्त्रीको आग्रह

कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषिमन्त्रीको आग्रह

मध्यविन्दु (नवलपरासी), २६ माघ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषकलाई आग्रह...
British Prince couple attends parade in Pokhara

British Prince couple attends parade in Pokhara

Gandaki, Feb 7: British Prince, Edward, Duke of Edinburgh, and Princess Sophie, Duchess of Edinburgh, observed a parade presented ...
Construction of Asian Highway picks up momentum

Construction of Asian Highway picks up momentum

Belbari (Morang), Feb 7: The construction of the Asian Highway, which has been moved forward with the main objective of connecting...