लमजुङको परेवाडाँडा पोषणमैत्री स्वास्थ्य चौकी

सुन्दरबजार (लमजुङ), ९ माघः यहाँको सुन्दरबजार नगरपालिका–२ स्थित परेवाडाँडा स्वास्थ्य चौकीलाई आज पोषणमैत्री स्वास्थ्यचौकी घोषणा गरिएको छ ।

यसअघि वडा नं ८ स्थित भोटेओडार स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको थियो । सुन्दरबजार नगरपालिका–२ का वडाध्यक्ष नविनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रममा बोल्दै सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कोइरालाले पोषणमैत्री वडा घोषणा गर्न पहिले स्वास्थ्य संस्था पोषणमैत्री हुनुपर्ने बताउनुभयो ।

पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रममा सरकारले तोकेका विभिन्न सूचक पूरा गर्न वडाबाट सकारात्मक सहयोगका साथै स्वास्थ्यकर्मीले अथक परिश्रम गरेको परेवाडाँडा स्वास्थ्य चौकीका प्रमुख रामेश्वर सेढाइँले बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका २०७९’ समेत जारी गरेको छ । ‘पोषणमैत्री स्थानीय तह कार्यान्वयन निर्देशिका २०७८’ ले २०८७ सालसम्ममा देशका सबै स्थानीय तहलाई पोषणमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्य निर्धारण गरेको छ ।

पोषणमैत्री स्वास्थ्य संस्था हुनका लागि दश वटा मापदण्ड तोकिएका छन् । ती मापदण्ड पूरा गरेपछि मात्रै पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न पाइने निर्देशिकामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा नेपालले वैदेशिक रोज...
संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं आज बसेको संघीय संसदको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पा...
रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

 ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: रसुवा रसुवा जिल्लाको रसुवागढी सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर आएको भीषण बाढी...
थुनिएको म्याग्दी नदी बग्न थाल्यो

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी, २५ असार धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग...