‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’

पाटन (ललितपुर), ९ माघ : श्रमजीवी पत्रकारहरूले पाउने तलब समयसापेक्षरूपमा बढाउँदै लैजानुपर्नेमा जोड दिइएको छ । ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र ऐन संशोधन’ विषयक ललितपुर जिल्लास्तरीय अन्तक्र्रियाका वक्ताहरूले लामो समयदेखि पत्रकारहरूको तलब बढ्न नसकेको उल्लेख गर्दै समयसापेक्षरूपमा तलबमान निर्धारण हुनुपर्नेमा जोड दिनुभएको हो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ ललितपुर जिल्ला शाखाको संयोजनमा आयोजित कार्यक्रममा समितिको अध्यक्ष सङ्गीता खड्काले करिब पाँच वर्षयता पत्रकारको तलब बढ्न नसकेकाले हाल न्यूनतम पारिश्रमिक ४० प्रतिशत वृद्धिका लागि सिफारिस गरिएको बताउनुभयो ।

“समितिले गरेको सिफारिसलाई सरकारले चाँडै कार्यान्वयनमा ल्याउन आवश्यक छ, पत्रकार र सञ्चार प्रतिष्ठान दुवैका समस्या समाधान गरी यस क्षेत्रको दीर्घकालीन विकासमा सरकारले नीतिगत रूपमा नै विशेष जोड़ दिनुपर्दछ”, अध्यक्ष खड्काले भन्नुभयो, “श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई कानुनी र स्रोतसाधन दुवैमा अधिकार सम्पन्न बनाउन आवश्यक छ ।”

नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष रामकृष्ण अधिकारीले कानुन बनाउने राज्यले नै कार्यान्वयन नगर्ने परिपाटीले समस्या भएको छ भन्नुभयो । उहाँले न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई अनुगमन गर्नेमात्रै अधिकार भएको हुँदा समस्या छ भन्दै ऐन संशोधन गरेर कार्यान्वयनको पनि जिम्मेवारी दिइनुपर्नेमा जोड दिनुभयो ।

“राज्यको उदाशीनताले समस्या छ, कान्तिपुरमा नै हामीले आन्दोलन पनि गरेका हौँ, ३७ वर्ष काम गरेकालाई खाली हात पठाउने काम पनि भयो”, उहाँले भन्नुभयो । उहाँले मिडियाको वर्गीकरण पनि आवश्यक रहेको भन्दै ठूला लगानीका मिडिया, साना लगानीबाट सञ्चालित मिडिया र स्वरोजगारमूलक मिडियालाई फरक पृष्ठभूमिबाट हेरिनुपर्नेमा जोड दिनुभयो ।

उपत्यका प्रदेशका अध्यक्ष एवं न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य टेनिस रोकाले समितिले पारिश्रमिक कार्यान्वयनको अवस्थाको अनुगमन गर्ने र सरकारलाई सुधारका सुझाव पेस गर्ने काम गरिरहेको जानकारी गराउनुभयो । उहाँले लामो समयदेखि पत्रकारहरूको न्यूनतम पारिश्रमिक वृद्धि नभएको अवस्था रहेकामा कार्यान्वयनमा ल्याउन पत्रकार महासङ्घलगायत सरोकारवालाहरू मिलेर कार्यान्वयनका लागि जोड दिनुपर्ने बताउनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्यसमेत रहनुभएका महासङ्घ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले बदलिएको परिस्थितिअनुसार पत्रकारको तलब वृद्धिलगायत पत्रकारको हकहितका लागि सरोकारवालाहरूसँग निरन्तर संवाद, अन्तरक्रियाका माध्यमबाट समाधानका लागि पहल गर्ने बताउनुभयो ।

प्रेस चौतारी नेपाल ललितपुरका अध्यक्ष बालमुकुन्द आचार्यले पत्रकारको न्यूनतम तलब खरिदार वा सोसरहको तलबको मापदण्ड तोकिनुपर्छ र सोहीअनुसार कार्यान्वयनमा जोड दिनुपर्छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

काठमाडौँ, २६ माघ : काठमाडौँको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी...
कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषिमन्त्रीको आग्रह

कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषिमन्त्रीको आग्रह

मध्यविन्दु (नवलपरासी), २६ माघ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषकलाई आग्रह...
British Prince couple attends parade in Pokhara

British Prince couple attends parade in Pokhara

Gandaki, Feb 7: British Prince, Edward, Duke of Edinburgh, and Princess Sophie, Duchess of Edinburgh, observed a parade presented ...
Construction of Asian Highway picks up momentum

Construction of Asian Highway picks up momentum

Belbari (Morang), Feb 7: The construction of the Asian Highway, which has been moved forward with the main objective of connecting...