हरित ऊर्जा विकासलाई सहज बनाइने

कीर्तिपुर (काठमाडौँ), ९ माघः सरकारले हरित ऊर्जा विकासलाई सहज बनाउन यस क्षेत्रमा देखापरेका प्रक्रियागत अप्ठ्यारा हटाउने तयारी गरेको छ ।

आज राजधानीमा सम्पन्न प्रोजिल हरित ऊर्जा सम्मेलनमा विद्युत नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धितालले भन्नुभयो, “प्रक्रियागत अप्ठ्यारा हटाउने उद्देश्यले सरकारले हालै अनलाइन प्रणालीबाट आवेदन दिनसक्ने र अन्य प्रक्रिया अघि बढाउनसक्ने व्यवस्था गरेको छ ।”

सरकारले कूल उत्पादनको पाँचदेखि १० प्रतिशतसम्मको ऊर्जा सौर्यलगायतका वैकल्पिक स्रोतबाट प्राप्त गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो । हरित ऊर्जा विकासलाई नै ध्यानमा राखेर मूल्य निर्धारणलगायत प्रक्रियालाई सहज बनाउनेतर्फ सरकार लागेको जानकारी उहाँले दिनुभयो ।

हरित ऊर्जा विकास गरिरिरहेको प्रोजिल ग्रीन इनर्जीका प्रबन्ध निर्देशक सोवित राईले कम्पनीले हालसम्म नौ दशमलव दुई मेगावाट सौर्य ऊर्जाबाट उत्पादन गरेको र आगामी दुई वर्षभित्र पाँच सय मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो ।

स्वतन्त्र ऊर्जा उत्पादक संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले वैकल्पिक ऊर्जाको प्रष्ट पहिचान ऊर्जासम्बन्धी नीतिमा हुनुपर्ने बताउनुभयो । ऊर्जा विकासमा रहेका वनसम्बन्धी अवरोध हटाउनुपर्ने उहाँको धारणा थियो । सरकारको लक्ष्यअनुरुप ऊर्जा आयात गर्नै नपर्ने अवस्था ल्याउन सरकारले निजी लगानी संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सौर्य ऊर्जा उत्पादक सङ्घका अध्यक्ष डा सन्दीप शाहले मौसम परिवर्तनले गर्दा जलविद्युत्को योजनालाई समस्यामा पार्दै गएको अवस्थालाई ध्यान दिनुपर्ने बताउनुभयो । प्रविधिले सौर्य ऊर्जाको क्षमतासमेत बढाएको बताउँदै उहाँले कूल ऊर्जा उत्पादनमा १० प्रतिशतभन्दा बढी योगदान गर्नसक्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ...
घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । नेप...
असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असार २७, २०८२ काठमाडौँ — ठाउँठाउँमा भारी वर्षापछि बाढीपहिरोले विध्वंश मच्चाउँदा मधेश प्रदेशलाई भने सुक्खाग्रस्त घोषणा गरिएको छ ...
मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

असार २७, २०८२ काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष ०८२/०८३ को मौद्रिक नीति घोषणा गरिरहेका छन् । ...