आवश्यकताअनुसार औषधि उपलब्ध गराउनेगरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल

धरान (सुनसरी), १० माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आवश्यकताअनुसार अस्पताल र फार्मेसीबाट औषधि उपलब्ध गराउनेगरी व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निर्मित फार्मेसी भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले भन्नुभयो, “आम्दानी हुनेगरी फार्मेसीलाई व्यवस्थित गर्दै लैजानु पर्छ ।” फार्मेसीबाट अस्पतालको आम्दानी बढाउन सकिने उल्लेख गर्दै मन्त्री पौडेलले सरकारले लगानी गरेको सामुदायिक स्वास्थ्य संस्थाले नसक्नेलाई निःशुल्क र सक्नेलाई सर्वसुलभ ढङ्गबाट उपचार उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य क्षेत्रमा धेरै विकास भए पनि त्यो पूर्ण नभएकाले प्रभावकारी सेवा उपलब्ध गराउने गरी अगाडी बढ्नुपर्ने मन्त्री पौडेलले बताउनुभयो । स्वास्थ्यकर्मीसँग हुने क्षमता, योग्यता र सीप अरु व्यक्तिसँग नहुने भएकाले समाजलाई धेरै योगदान स्वास्थ्यकर्मीहरुले दिइरहेका बताउनुभयो ।

बिपी प्रतिष्ठान परिसरमा नवनिर्मित फार्मेसी भवनमा जलन र क्यान्सरका बिरामीको उपचार सुरु गरिएको प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

काठमाडौँ, २६ माघ : काठमाडौँको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी...
कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषिमन्त्रीको आग्रह

कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषिमन्त्रीको आग्रह

मध्यविन्दु (नवलपरासी), २६ माघ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषकलाई आग्रह...
British Prince couple attends parade in Pokhara

British Prince couple attends parade in Pokhara

Gandaki, Feb 7: British Prince, Edward, Duke of Edinburgh, and Princess Sophie, Duchess of Edinburgh, observed a parade presented ...
Construction of Asian Highway picks up momentum

Construction of Asian Highway picks up momentum

Belbari (Morang), Feb 7: The construction of the Asian Highway, which has been moved forward with the main objective of connecting...