लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा राससको योगदान प्रशंसनीय : उपराष्ट्रपति

काठमाडौँ, १० माघः उपराष्ट्रपति रामसहाय यादवले पछिल्लो समय राष्ट्रिय समाचार समिति (रासस) ले सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गरी लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताको सुसूचित हुने अधिकारलाई सुनिश्चित गर्न पु¥याएको योगदानको प्रशंसा गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले आज उपराष्ट्रपतिको कार्यालयमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झासमेतको टोलीसँगको भेटघाटका अवसरमा राससले समाचार विविधीकरणमा गरेका प्रयासहरुका बारेमा आफू जानकार रहेको र आगामी दिनमा पनि यसलाई अझ बढाउँदै लैजान सकिने धारणा व्यक्त गर्नुभयो ।

भेटमा कार्यकारी अध्यक्ष झाले पछिल्लो समय राससले चौबिसै घण्टा समाचार सम्प्रेषण गर्नुको साथै विभिन्न मातृभाषामा समाचार सम्प्रेषण, श्रव्यदृश्य र विचार सेवा सञ्चालन गरी समाचारमा विविधीकरण एवं संस्थागत सुदृढीकरणमा जोड दिएको बताउनुभयो । सो अवसरमा महाप्रबन्धक सिद्धराज राई र सञ्चालक समिति सदस्य एवं आलेख शाखा प्रमुख कृष्ण अधिकारी पनि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

बुटवललाई आममानिसको रोजाइको सहर बनाउन लागि परेका छौँ – उपमहानगर प्रमुख पाण्डेय

बुटवललाई आममानिसको रोजाइको सहर बनाउन लागि परेका छौँ – उपमहानगर प्रमुख पाण्डेय

लुम्बिनी, ३ फागुन : स्थानीय जनप्रतिनिधिले कार्यभार सम्हालेको साढे दुई वर्ष पूरा भएको छ । सङ्घीयता कार्यान्वयनपश्चात्को दोस्रो कार्...
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ

सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ

ढोरपाटन (बागलुङ), ३ फागुनः बागलुङको निसीखोला गाउँपालिका–६ सिंवाद्वार क्षेत्रमा लागेको आगो अझै निभाउन सकिएको छैन । शुक्रबार दिउँसो ...
पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

चितवन, ३ फागुनः नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल ...
यथाशीघ्र अध्यादेश अनुमोदन गर्ने सहमति

यथाशीघ्र अध्यादेश अनुमोदन गर्ने सहमति

काठमाडौं, ३ फागुनः सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेताहरुको आज प्रधानमन्त्री निवासमा सम्पन्न बैठकमा हालै जारी अध्यादेशहरू सङ्घ...