
आरटिसी भुटान बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
धरान (सुनसरी), २१ माघः इटहरी राजा फुटबल क्लबलाई ४–१ गोल अन्तरले हराउँदै आरटिसी भुटान २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा इटहरी राजा क्लब र आरटिसी भुटानबिच भएको खेलको नवौँँ मिनेटमा भुटानका सोनम एसहेले गोल गर्दै अग्रता दिलाएका थिए ।
दोस्रो हाफको सातौँ मिनेटमा भुटानका सोनम जुद्रु जोइजाङले गोल गरेका थिए भने १४ औँ मिनेटमा कर्मा जोम्सोले र अन्तिम गोल नन्दय एसेनले गरे । दास्रो हाफकै ३१ औँ मिनेटमा इटहरी राजा क्लबका खेलाडी एलक्सले सान्त्वना गोल फर्काउन सफल भए ।
आजको खेलको म्यान अफ दी म्याच सोनम एसहे घोषित भए । उनले नगद रु १० हजार र ट्रफी प्राप्त गरे । प्रतियोगितामा आठ टिमको सहभागिता छ । सोमबारको अन्तिम क्वाटर फाइनल खेल एनआरटी क्लब काठमाडाँै र केएफटिसी झापाबिच हुने आयोजकले जनाएको छ ।...