दुधकोशी चुहार–फलाम ढुङ्गा–घोरेटार सडक कालोपत्र सुरु

टक्सार (भोजपुर), २१ माघ : दुधकोशी चुहार–फलाम–ढुङ्गा–घोरेटार सडक स्तरोन्नति सुरु गरिएको छ ।

उक्त सडक निर्माणको जिम्मा एमसि–एसईआइपिएल–एनसी जेभी, काठमाडौँले पाएको छ । सम्झौताअनुसार २२ दशमलव सात किलोमिटर लामो सडक स्तरोन्नतिसहित कालोपत्र गरिने ग्रामीण सम्पर्क सुधार आयोजना, आयोजना कार्यान्वयन एकाइ, कोशी प्रदेश, विराटनगरले जनाएको छ ।

परियोजनाको लागत करसहित कूल रु ७२ करोड ९८ लाख १६ हजार रहेको छ । परियोजना सम्पन्न भएपछि जिल्लाको यातायात सुविधामा सहज हुने अनुमान गरिएको छ । हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, निर्माण व्यवसायीका प्रतिनिधि अर्जुन दाहाल तथा स्थानीय बासिन्दाको उपस्थितिमा किराती नाक्छुङ कर्णबहादुर राईले किराती मुन्दुमअनुसार पूजापाठ गरी आज काम शुभारम्भ गर्नुभयो ।

हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले यो सडकले हतुवागढीलाई सहरसँग जोड्न मद्दत गर्ने र समृद्ध हतुवागढी निर्माणमा टेवा पुग्ने बताउनुभयो । अध्यक्ष राईले भन्नुभयो, “यस परियोजनाले जिल्लाको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्छ, जिल्लाको दक्षिणी क्षेत्रको विकासमा टेवा पुग्छ ।”

निर्माण कम्पनीका प्रतिनिधि अर्जुन दाहालले कम्पनीले चार स्थानबाट एकसाथ काम गर्ने योजना बनाएको बताउनुभयो । तोकिएको समयमा काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा नेपालले वैदेशिक रोज...
संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं आज बसेको संघीय संसदको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पा...
रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

 ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: रसुवा रसुवा जिल्लाको रसुवागढी सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर आएको भीषण बाढी...
थुनिएको म्याग्दी नदी बग्न थाल्यो

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी, २५ असार धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग...