इटहरी गोल्डकपः युकेएफसी सेमिफाइनलमा प्रवेश

धरान (सुनसरी), ३ फागुनः राष्ट्रिय जागृति क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै युकेएफसी १५औँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्टस इटहरी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आजदेखि इटहरी रङ्गशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेल राष्ट्रिय जागृति क्लब र युकेएफसीबीच भएको थियो । खेलको ११औँ मिनेटमा जागृति क्लबका एलेक्सले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले उमेश कार्कीले कर्नरमा प्रहार गरेको बललाई ‘हेड’ मार्फत गोल गर्न सफल भएका थिए ।

खेलको २१औँ मिनेटमा युकेएफसीका सत्यम शर्माले प्रहार गरेको ‘फ्री किक’लाई गोलकिपरले रोक्न नसकेपछि गोल भएपछि दुवै टोलीको खेल बराबरी भएको थियो । खेलको ५५औँ मिनेटमा युकेएफसीका हेमराज भुजेलले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने उनले गरेको गोल निर्णायक बन्न पुग्यो ।

आजको खेलको ‘म्यान अफ दी म्याच’ युकेएफसीका सत्यम शर्मा घोषित भएका छन् । उनलाई रु १० हजार पुरस्कार प्रदान गरिएको छ । यही फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी छन् ।

आइतबार दोस्रो क्वाटरफाइनल खेल बुढासुब्बा गोल्डकप च्याम्पियन न्युरोड टिम (एनआरटी) र सगरमाथा युथ क्लब मोरङबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउनेछन् ।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले रु एक लाख, प्रत्येक खेलको म्यान अफ दी म्याच हुने खेलाडीले रु १० हजार, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २० हजार प्राप्त गर्नेछन्भने सर्वाधिक गोलकर्ता खेलाडीले नगद रु २५ हजार पाउने आयोजक राष्ट्रिय जागृति क्लबका प्रतियोगिता संयोजक अनुरोध थापाले बताए ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा नेपालले वैदेशिक रोज...
संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं आज बसेको संघीय संसदको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पा...
रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

 ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: रसुवा रसुवा जिल्लाको रसुवागढी सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर आएको भीषण बाढी...
थुनिएको म्याग्दी नदी बग्न थाल्यो

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी, २५ असार धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग...