डोरीमा झुण्डीएर यात्रा गर्नुपर्ने बाध्यता

म्याग्दी, ४ फागुन : म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको धौलागिरि आधार शिविर पुग्न डोरीमा झुण्डीएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा जोखिम मोलेर अक्करे भिर पार गर्न डोरी र खरको गाँजको साहरा लिनुपर्छ । कोखेभिरमा ५० मिटर र धौलागिरि भ्यु प्वाइन्टमा करिब एक सय मिटरमा रसी र खरको गाँज समाएर यात्रा गर्नुपर्ने समस्या रहेको हालै धौलागिरि आधार शिविर पुगेर फर्किएका पोखराका पर्यटन व्यवसायी तारा गर्बुजा पुनले बताउनुभयो ।

“बेनी–चिमखोला–घ्याँसीखर्क हुदै सुगुरथलासम्म राहुघाट र सहायक नदीहरुमा निर्माणाधिन जलविद्युत आयोजनाले बनाएको सडकमा चार घण्टा सवारी साधन मार्फत पुग्न सकिन्छ,” उहाँले भन्नुभयो “कोखेभिर र धौलागिरि भ्यु पोइन्टमा पदमार्ग नहुँदा धौलागिरि आधार शिविरमा पर्यटक पुग्न सकेका छैनन् ।”

दुई ठाउँमा पदमार्ग र राहुघाट नदीको केही ठाउँमा अस्थायी साँघु अथवा स्थायी प्रकृतिका झोलुङ्गे पुल बनाउन सकेमा छोटो दुरीमा पुगिने धौलागिरि आधार शिविर नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास हुने सम्भावना रहेको गर्बुजाले बताउनुभयो ।

भारतीय सेनामा कार्यरत चिमखोलाका ललित गर्बुजाको अगुवाईमा मण्डली युवा क्लवका पदाधीकारी, पर्यटन ब्यवसायी र सञ्चारकर्मीहरुको टोली गत माघ महिनाको अन्तिम साता समुन्द्रि सतहदेखि चार हजार ५० मिटर उचाईमा रहेको आधार शिविरमा पुगेर फर्किएको थियो ।
पदमार्ग र राहुघाट नदीको पाँच ठाउँमा झोलुङ्गे पुल बनाउन सकेमा सुगुरथलादेखि छ घण्टा पैदलयात्रा गरेर आधार शिविरमा पुग्न सकिने गर्बुजाले बताउनुभयो । टोलीले पदमार्ग, पुल बनाउन र संकेत चिन्हहरु राख्न वडाका जनप्रतिनिधीहरुलाई सुझाव दिएको छ ।

धौलागिरि हिमालको फेदमा पुगेर चुचुरो सम्मै नजिकबाट नियाल्न पाउनु आधार शिविरको प्रमुख आकर्षण हो । सुन छहरा, निलिबराह र कालीबराहलगायत तालको पनि अवलोकन गर्न सकिन्छ । यो पदमार्ग भएर स्थानीयबासीहरु वैशाख–जेठ महिनामा यार्सागुम्बा संकलनका लागि धौलागिरि आधार शिविर क्षेत्रमा जान्छन् ।

पर्यटन मन्त्रालयको रु. एक करोड ५४ लाखको लागतमा ससलधारा देखि आधार शिविर जोड्ने १८ किलोमिटर पदमार्ग निर्माण योजना आर्थिक वर्ष २०७९÷०८० मा शुरु भएर २०८०÷०८१ मा सकिएको थियो । उक्त योजना सर्वेक्षणका क्रममा भिरलाई छुटाइएकाले त्यहाँ पदमार्ग निर्माण हुन नसकेको रघुगङ्गा गाउँपालिका–७ का वडा अध्यक्ष थकप्रसाद पाइजा (रिम)ले बताउनुभयो ।

“जहाँ अप्ठेरो थियो, त्यहाँ पदमार्ग नबनेपछि हामीले प्रदेश र संघीय सरकारसँग थप बजेटको माग गरेका छौँ,” उहाँले भन्नुभयो “कम्तीमा अक्करे भिरमा डोरीको सहायताले हिँड्नुपर्ने ठाउँमा सुरक्षित पदमार्ग बनाउन सक्यौँ भने आइसफल पदमार्ग र आधार शिविर क्षेत्रमा पर्यटक बढ्नेछन् ।”

वडा अध्यक्ष पाइजाका अनुसार यो वर्ष कालीबराह–धौलागिरि आइसफल पदमार्ग निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट रु. २० लाख र नेपाल पर्यटन बोर्डले रु. पाँच लाख बजेट बिनियोजन गरेको छ । बेनी–जोमसोम सडक निर्माण भएपछि तत्कालिन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा वि.स. २०६८ मा गलेश्वर देखि मुस्ताङको लेते निस्कने धौलागिरि आइसफल पदमार्गको अध्ययन र पहिचान भएको थियो ।

म्याग्दीको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुईनेमंगले, दोबा लगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते पुग्ने एक सय २२ किलोमिटर दुरीको धौलागिरी आइसफल पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरेर पूर्वाधार निर्माणका लागि प्रदेश र संघीय सरकारमा पेश गरेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

आइसफल पदमार्गअन्तर्गत धौलागिरि आधार शिविर, निलीबराह ताल, कालीबराह ताल, सोवाङधुरी लगायतका दर्जनौँ पर्यटकीय गन्तव्य छन् । पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवा गायतका जङ्गली पशुपन्छी र तीनको बासस्थानलाई समेत प्रत्यक्ष अवलोकन गर्न सकिने चिमखोलाका अगुवा गम पुनले बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रुईसे डाँडादेखि धवलागिरि आइसफलसम्मको पदमार्गलाई नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यका रूपमा छनौट गरेको छ । पूर्वाधार र आबश्यक व्यवस्थापकीय अभाबले यो पदमार्ग औपचारिक रूपमा अझै सञ्चालनमा आउन सकेको छैन ।

ससलधारा हुँदै आधार शिविर पुग्ने पदमार्ग निर्माण सुरु गरिए पनि आधार शिविरदेखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको पदमार्गमा समेत सिँढी चिनेर पदमार्गलाई स्तरोन्नति गर्नुपर्ने काम बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा नेपालले वैदेशिक रोज...
संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं आज बसेको संघीय संसदको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पा...
रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

 ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: रसुवा रसुवा जिल्लाको रसुवागढी सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर आएको भीषण बाढी...
थुनिएको म्याग्दी नदी बग्न थाल्यो

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी, २५ असार धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग...