राजनीति छाडेर व्यावसायिक पशुपालनमा रमाउँदै न्यौपाने

बरहथवा (सर्लाही), ४ फागुनः सर्लाहीको हरिवन नगरपालिका–१ निवासी बलराम न्यौपाने आजभोलि गाई गोठ र बाख्राको खोर स्याहार्नमा व्यस्त हुनुहुन्छ ।

बिहान सबेरै उठेदेखि राति अबेरसम्म गोठमा रहेका बाख्रा, गाईभैँसी स्याहार्नु, आहारको जोहो गर्नु र दूध बेच्नु उहाँको दैनिकी नै हो । समाज परिवर्तनको लागि सुरु गरेको ३० वर्षे राजनीतिक यात्रालाई बिट मारेर विसं २०८० पुसबाट उहाँले व्यावसायिक पशुपालन सुरु गर्नुभएको छ ।

“विद्यार्थी जीवनबाटै राजनीतिक यात्रा सुरु गरेको हुँ । आठ वर्ष विद्यार्थी राजनीति गरे, वाइसिएल केन्द्रीय सदस्य हुँदै पार्टीको जिल्ला नेता र पछिल्लो समय वैद्य माओवादीको जिल्ला सेक्रेटरी भए । अहिले राजनीतिक रूपमा निस्क्रिय छु । तीस वर्ष राजनीति गरियो तर समाज र आफ्नो अवस्थाजस्ताको तस्तै । हाल व्यावसायिक पशुपालनबाट समाजका केही व्यक्तिहरूलाई रोजगारी दिएको छु । राज्यलाई कर तिरेर योगदानको छु”, उहाँले भन्नुभयो ।

न्यौपानेले पूर्वपश्चिम राजमार्गबाट सात किलोमिटर उत्तर चुरे पाखामा पशुपालन ‘फार्म हाउस’ सञ्चालन गर्नुभएको छ । सुरुमा पाँच वटा बाख्रा, एउटा गाई र एउटा भैँसीबाट सुरु गरेको फार्ममा हाल ७० वटा बाख्रा, आठ गाई र दुई वटा भैँसी छन् ।

न्यौपानेले देशमा राजनीतिक क्रान्तिले ल्याएका परिवर्तनलाई स्थायित्व दिन पनि अब आर्थिक क्रान्ति आवश्यक रहेको निष्कर्षसहित आफू व्यवसायमा लागेको सुनाउनुभयो ।
पशुपालनबाट आत्मसन्तुष्टिका साथै आम्दानी पनि सन्तोषजन भइरहेको उहाँको भनाइ छ ।

गत गढीमाई मेलाको समयमा रु १२ लाखभन्दा बढीका बोका बिक्री गरेको न्यौपानेले सुनाउनुभयो । यो उहाँले एकाध महिनामा गरेको सबैभन्दा ठूलो कारोबार हो । “भवितव्यबाहेक कृषि र पशुपालनमा धेरै घाटा हुँदैन । पशु चौपायाको गहँुत र गोबरबाट पनि फाइदा लिन सकिन्छ”, उहाँले भन्नुभयो,“त्यसैले अब हरेक नेपालीले कृषिमार्फत् आर्थिक रूपान्तरणमा योगदान गर्नुपर्छ । योभन्दा राम्रो विकल्प अर्को हुनसक्दैन । सरकारले पनि सोहीअनुसार नीति अवलम्बन गर्न आवश्यक छ ।”

न्यौपानेले पशुपालनबाहेक केही जमिनमा उखु, टमाटरखेतीलगायत कृषि कर्मसमेत गरिरहनुभएको छ । उहाँले पशुपालन र खेतीपातीबाटै पारिवारको गर्जो टार्दै आएको बताउनुभयो । “अहिले व्यवसाय सुरु गरेपछि आम्दानीसँगै जीवनस्तरमा सुधार भएको छ । सन्तानको पठनपाठनमा सहज भएको छ”, न्यौपानेले भन्नुभयो ।
उहाँले गाईभैँसीको करिब ५० लिटर दूध दैनिकजसो बिक्री गरिरहनुभएको छ ।

राजनीति समाज सेवा भएकाले आर्थिक उपार्जनका लागि हरेक नेताले कुनै न कुनै इलम गर्न जरुरी रहेको पनि उहाँको भनाइ छ । न्यौपानेले हाल तीन जनालाई रोजगारी दिनुभएको छ । अब व्यवसाय विस्तार गरी चुरेको हावा पानी सुहाउँदो कुखुरापालन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । साथै पशुपालनबाट दूध, मासुसँगै मलमूत्रबाट बन्ने मल प्रयोग गरेर व्यावसायिक खेतीमा लाग्ने उहाँले बताउनुभयो ।

न्यौपानेले चार बिघा पाखामा डाले घाँस रोप्नुभएको छ । व्यवसाय सुरु गर्दा उहाँले भौतिक संरचना निर्माण र केही पशुवस्तु खरिद गर्दा रु ८२ लाख ९० हजार लगानी गर्नुभएको थियो । हाल सो लगानी रु एक करोड २५ लाख पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

HONOR ले Qualcomm को प्रायोजन मार्फत Manchester United संग सहकार्य:

HONOR ले Qualcomm को प्रायोजन मार्फत Manchester United संग सहकार्य:

Magic7 Pro को AI Photo Upscale द्वारा 115 वर्षको Manchester United इतिहासलाई जीवन्त बनाउँदै पुराना तस्वीरलाई नयाँ जीवन: AI Photo...
महालक्ष्मी विकास बैंक द्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

महालक्ष्मी विकास बैंक द्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

महालक्ष्मी विकास बैंकले मिति २०८१ फागुन १५—१६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथ...
म्याग्दीको प्रभुुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

म्याग्दीको प्रभुुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

म्याग्दी, १८ फागुनः मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक ध्यान केन्द्र स्थापना भएको छ । परापूर्वकालमा ऋषिमुनिहरूले तपस्य...
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

मध्यविन्दु (नवलपरासी), १८ फागुनः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्याव...