उपप्रधानमन्त्री पौडेल डिस्चार्ज

कीर्तिपुर (काठमाडौँ), ५ फागुनः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुुरस्थित बर्न अस्पतालबाट आज डिस्चार्ज हुनुभएको छ ।

गत शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा बेलुन फुटेर आगलागी हुँदा घाइते हुनुभएका अर्थमन्त्री पौडेल दुई दिनको उपचारपछि आज डिस्चार्ज हुनुभएको हो ।

अस्पतालका निर्देशक डा किरणकिशोर नकर्मीले मन्त्री पौडेलको घाउ निको हुँदै गएको र श्वासप्रश्वास प्रणालीका अङ्गहरू र फोक्सोमा कुनै खराबी नदेखिएकाले डिस्चार्ज गरिएको जानकारी दिनुभयो । “छालाका घाउहरू निको हुने क्रममा छन् । पुरा निको हुन एक दुई साता लाग्छ, घाउको नियमित ड्रेसिङ गर्नुपर्ने हुन्छ”, डा नकर्मीले भन्नुभयो ।

सोही घटनामा जलनमा पर्नुभएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको भने उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श गरी केही दिन उपचार गरिने उहाँले बताउनुभयो । “उहाँको पनि जलन घाउ र त्यससम्बन्धी जटिलता देखिएको छैन”, उहाँले भन्नुभयो ।

डिस्चार्ज भएपछि उपप्रधान तथा अर्थमन्त्री पौडेलले चिकित्सा टोलीप्रति आभार प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा नेपालले वैदेशिक रोज...
संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं आज बसेको संघीय संसदको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पा...
रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

 ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: रसुवा रसुवा जिल्लाको रसुवागढी सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर आएको भीषण बाढी...
थुनिएको म्याग्दी नदी बग्न थाल्यो

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी, २५ असार धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग...