धुलिखेलमा ‘आउटडोर फिल्म स्टुडियो’ निर्माणार्थ जग्गा–सम्झौता

काभ्रेपलाञ्चोक, ५ फागुनः यहाँको पर्यटकीय नगरी धुलिखेलमा ‘आउटडोर फिल्म स्टुडियो’ निर्माण हुने भएको छ । यसका लागि चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच आज वडा नं ८ स्थित कटुवापाखाको एक हजार तीन सय रोपनी जग्गाका लागि सम्झौता भएको हो ।

धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसका अवसरमा आज बोर्ड र नगरबीच जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । नगरप्रमसख अशोक ब्याञ्जू र बोर्डका अध्यक्ष दिनेश डिसीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सो अवसरमा सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पर्यटकीय नगर धुलिखेलमा फिल्म स्टुडियो निर्माणले धुलिखेलको सुन्दरतालाई थप उचाइमा पुर्याउने बताउनुभयो । “नेपालमै पहिलो स्वस्थ सहरको दर्जा पाएकामा धुलिखेललाई बधाई छ, फिल्म सिटीले धुलिखेलाई अझ सुन्दर बनाउने छ, यसलाई गौरवको विषय मान्नुपर्छ”, उहाँले भन्नुभयो ।

नगरप्रमुख ब्याञ्जूले चलचित्र क्षेत्रको विकास एवं प्रवर्द्धनका लागि नगरले सकेको सहयोग गर्ने बताउँदै धुलिखेलमा आउटडोर स्टुडियो परियोजनाले नेपाललाई अन्तरराष्ट्रिय फिल्म गन्तव्यका रुपमा थप विकास गर्ने अपेक्षा गरिएको बताउनुभयो । त्यसैगरी बोर्डका अध्यक्ष डिसीले उक्त जग्गामा प्राकृतिक सुन्दरता र अत्याधुनिक प्रविधि संयोजन गरी आउटडोर स्टुडियो निर्माण नेपाली चलचित्र उद्योगका लागि नयाँ उपलब्धि सावित हुने बताउनुभयो ।

यसअघि बनेपा नगरपालिका–१० र १३ वडास्थित बाहुनडाँडा सामुदायिक वनमा अत्याधुनिक फिल्म छायाङ्कन स्टुडियो निर्माणको प्रक्रिया थालिएको छ । गत असार २८ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमा बनेपामा अत्याधुनिक फिल्म छायाङ्कन स्टुडियो निर्माण गर्ने योजना समावेश गरिएको थियो । डिसीका अनुसार सन् २०२६ भित्रै निर्माण पूरा गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाइएको छ ।

यसैबीच धुलिखेल नगर र दक्षिण कोरियास्थित मुङ्गयोङ्ग नगरबीच भगिनी सम्बन्ध कायम गरिएको छ । धुलिखेलको ३९औँ स्थापना दिवसकै अवसरमा आज दुई नगरबीच स्थापित भगिनी सम्बन्ध–सझदारीपत्रमा ब्याञ्जू र मुङ्गयोङ्ग नगरका प्रमुख ह्युन कोक सिङ्नल हस्ताक्षर गर्नुभयो । समझदारीपत्रमा संस्कृति, पर्यटन, शिक्षा र स्वास्थ्यलगायत विविध क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा नेपालले वैदेशिक रोज...
संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं आज बसेको संघीय संसदको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पा...
रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

 ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: रसुवा रसुवा जिल्लाको रसुवागढी सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर आएको भीषण बाढी...
थुनिएको म्याग्दी नदी बग्न थाल्यो

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी, २५ असार धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग...