प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सुरक्षा सामग्री वितरण

गलेश्वर (म्याग्दी), ८ फागुनः पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी उपभोक्ता समितिका सदस्य र कामदारलाई आवश्यक सुरक्षा सामग्री वितरण गरिएको छ ।

गाउँपालिकाभित्रका सातवटै वडाका १४ उपभोक्ता समिति र कामदारलाई आवश्यक सुरक्षा सामग्री वितरण गरिएको हो । गाउँपालिकामा चालु आर्थिक वर्ष २०८१÷८२ का लागि प्रत्येक वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गतका दुई–दुई योजना गरी सात वडामा १४ योजना सञ्चालनमा छन् ।

स्वरोजगार कार्यक्रमअन्तर्गतका योजनामध्ये सार्वजनिक शौचालय निर्माण, पदमार्ग निर्माणलगायत योजनाका उपभोक्ता समिति र कामदारलाई हेल्मेट, ग्लोभ्स, बुट, ज्याकेटलगायत सुरक्षा सामग्री वितरण गरिएको गाउँपालिकाका रोजगार सहायक मिलन सुवेदीले जानकरी दिनुभयो । सुरक्षित, व्यवस्थित र प्रभावकारी कार्य सञ्चालन सुनिश्चित गर्न श्रमिकलाई प्रदान गरिएका सुरक्षा सामग्रीले काम गर्दा सुरक्षित वातावरण बन्ने सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

HONOR ले Qualcomm को प्रायोजन मार्फत Manchester United संग सहकार्य:

HONOR ले Qualcomm को प्रायोजन मार्फत Manchester United संग सहकार्य:

Magic7 Pro को AI Photo Upscale द्वारा 115 वर्षको Manchester United इतिहासलाई जीवन्त बनाउँदै पुराना तस्वीरलाई नयाँ जीवन: AI Photo...
महालक्ष्मी विकास बैंक द्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

महालक्ष्मी विकास बैंक द्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

महालक्ष्मी विकास बैंकले मिति २०८१ फागुन १५—१६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथ...
म्याग्दीको प्रभुुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

म्याग्दीको प्रभुुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

म्याग्दी, १८ फागुनः मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक ध्यान केन्द्र स्थापना भएको छ । परापूर्वकालमा ऋषिमुनिहरूले तपस्य...
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

मध्यविन्दु (नवलपरासी), १८ फागुनः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्याव...