मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गरिने

काठमाडौँ, ८ फागुन : मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न मन्त्रिपरिषद्को बैठकले स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को यही फागुन ६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज सञ्चारमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिष्दले निर्णय गरेका १३ निणर्य सार्वजनिक गर्नुभएको हो । मन्त्रिपरिषद् बैठकका निर्णयमा सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०७५, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ र एउटै प्रकृतिको कामका लागि स्थापना भएका अलगअलग संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्नेसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ले सिफारिस गरेका सुझाव कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय रहेका छन् ।

सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा अर्जुनबाबु ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक रवीन्द्र केसीको राजीनामा स्वीकृत गर्ने, संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार परिषद्को ५८औँ नियमित सत्रअन्तर्गत यही फागुन १२ गतेदेखि १४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने ‘हाई लेभल सेग्मेन्ट’मा सहभागी हुन परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको भ्रमण स्वीकृत गर्ने निर्णय रहेको मन्त्री गुरुङले जानकारी दिनुुभयो ।

यसैगरी सरकारका नाममा दर्ता रहेको सरकारी जग्गामा प्रसूति गृह निर्माण, स्वास्थ्य चौकी भवन निर्माण, वडा कार्यालय भवन निर्माण र आयुर्वेद औषधालय भवन निर्माणका लागि मायादेवी गाउँपालिका, रुपन्देहीलाई उपयोग गर्न स्वीकृत दिने रहेको छ । सरकारको नाममा दर्ता रहेको सार्वजनिक प्रकृतिको जग्गा जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वलाई प्रयोग गर्न स्वीकृति दिने, सरकारको नाममा दर्ता रहेको सार्वजनिक प्रकृतिको जग्गा बहुउद्देश्यीय पोलिटेक्निकल इन्टिच्युट (व्यवसायी प्रशिक्षण केन्द्र) भवन निर्माण प्रयोजनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई प्रयोग गर्न स्वीकृति दिने, नेपाल सरकार र ओमान सरकारबीच हुने पर्यटन क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने, नेपाल र संयुक्त अमेरिकाबीच हुने पुरातात्विक तथा समुदायको संस्कृतिसँग सम्बन्धित सामग्रीको ओसारपसार र आयात प्रतिबन्धसम्बन्धी सम्झौता स्वीकृत गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

यस्तै जर्मनीको बर्लिनमा आयोजना हुने पर्यटन मेला इन्टरनेश्नल टुरिजम बोर्ड आइटिबी बर्लिन–२०२५ र फ्रान्समा आयोजना हुने ७५औँ अन्नपूर्ण दिवसमा यही फागुन २० गतेदेखि २४ गतेसम्म सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई स्वीकृत प्रदान गर्ने, औद्योगिक व्यवसाय (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने, विसं २०८२ वैशाख १ गतेदेखि चैत मसान्तसम्म वर्षभरि दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गर्ने तथा सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा नेपालले वैदेशिक रोज...
संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं आज बसेको संघीय संसदको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पा...
रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

 ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: रसुवा रसुवा जिल्लाको रसुवागढी सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर आएको भीषण बाढी...
थुनिएको म्याग्दी नदी बग्न थाल्यो

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी, २५ असार धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग...