नक्कली माया जालमा पारि विवाह समेत गर्ने

पछिल्लो समय युवतिहरुले नक्कली माया जालमा पारि विवाह समेत गर्ने बहानामा फसाएर थुप्रै युवाहरुबाट सम्पति लुट्नेगरेका छन् । यस्ता आपराधिक घटनामा संलग्न भएर पक्राउ पर्नेहरु समेत दैनिक बढ्दोमात्रामा छन् ।
त्यस्तै पाल्पाकी एक युवतीले बुटवल क्षेत्रमा केन्द्रीत भएर झण्डै ५ जना पुरुषबाट २० लाख भन्दा बढी रकम ठगेकी छन् । कुसुम गैरे नाम गरेकी २१ वर्षीय ती युवतीले केही वर्षदेखि पुरुषहरूलाई नक्कली विवाह र प्रेम जालमा फसाई विवाह गर्ने आदि इत्यादी सम्झौताको लोभ देखाउँदै ठग्दै गरेको तथ्यहरु फेला परेका छन् । उनले विभिन्न जिल्लाका युवाहरूलाई समेत ठगेको रहस्य खुलेको छ । रूपन्देहीका २५ वर्षीय रवी बस्नेत,नवलपरासीका २३ वर्र्षीय, विवेक मगर कपिलवस्तु २२ वर्षीय राज थापा मगर, ईश्वरी भनिने युवकको रकम ठगेको खुलेको प्रहरीले जनाएको छ ।
ती युवतीले एकै पटक ५ पुरुषसँग डेटिङ गर्ने दुस्साहास समेत गरेको पिडितहरूले बताएका छन । कुसमले ती सम्पूर्ण पुरुषलाई आफ्नो प्रेम सच्चा भएको भन्दै मख्ख पारेर नक्कली सम्बन्ध कायम गर्दै आएकी थिइन ।उनीहरूसँग सॉंचो प्रेम अर्थात विवाह गर्ने भन्दै तस्बिर खिचाउने गरेको र ती सबै पुरुषले उनलाई सधैँ श्रीमती भनेरै सम्बोधन गर्ने गरेको बुझिएको छ । आफ्नो फन्दा परेका पुरुषहरूसँग उनले परिवारका सदस्यहरूलाई मद्दत गर्नुपर्ने भन्दै पैसा माग्ने गरेकी थिइन ।
नक्कली प्रेमी विवाह गर्ने साथ उनले उनीहरुसँग आफ्नो पितालाई जापान पठाउन पैसा अपुग भएको र पैसा मागने दिएर उनीहरू बाट सम्बन्ध टुंगाउँदै फेक फेसबुक आइडी बनाएर विभिन्न धम्कीसहित थप पैसा माग्ने गरेको पीडित राजन थापाले बताए ।
त्यस्तै रुपदेन्हीका २३ वर्षीय विवेक मगर ती युवतिको आनीबानी देखेर शंका लागेपछि उनीसँग सम्बन्ध नरहने गरि समन्ध टुंगाएको बताए । पीडितहरूका अनुसार उनी अहिले बुटवलमा आफ्नी आमा र भाई सँग एउटा भाडाको घरमा बस्दै आएकी छिन । उनले अरुलाई भने आफू मेनपावरमा काम गर्ने गरेको बताउँदै आएकी थिइन ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

HONOR ले Qualcomm को प्रायोजन मार्फत Manchester United संग सहकार्य:

HONOR ले Qualcomm को प्रायोजन मार्फत Manchester United संग सहकार्य:

Magic7 Pro को AI Photo Upscale द्वारा 115 वर्षको Manchester United इतिहासलाई जीवन्त बनाउँदै पुराना तस्वीरलाई नयाँ जीवन: AI Photo...
महालक्ष्मी विकास बैंक द्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

महालक्ष्मी विकास बैंक द्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

महालक्ष्मी विकास बैंकले मिति २०८१ फागुन १५—१६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथ...
म्याग्दीको प्रभुुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

म्याग्दीको प्रभुुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

म्याग्दी, १८ फागुनः मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक ध्यान केन्द्र स्थापना भएको छ । परापूर्वकालमा ऋषिमुनिहरूले तपस्य...
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

मध्यविन्दु (नवलपरासी), १८ फागुनः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्याव...